तालिबान र सुरक्षा बल मिलेर ईद मनाए



काबुल (एजेन्सी)
अफगान तालिबान र अफगान सुरक्षा बलले एक आपसमा ईदको सुभकामना आदान प्रदान गर्दै उक्त पर्व मनाएका छन् । उनीहरुबीच अंगालो हाल्दै सुभकामना आदान प्रदान भएको जनाइएको छ ।

अफगानिस्तानका राष्टपति असरफ गनीले संघर्षविरामको समय सिमा बढाएको छ र तालिबानसँग आफनो तर्फबाट पनि संघर्ष विरामको म्याद बढाउन अपिल गरेका छन् ।

सरकारले कयौं तालिबान कट्टरपन्थीलाई जेलबाट रिहा गरेको छ । इस्लाममा पवित्र मानिने रमजान महिनापछि अफगानिस्तानमा तालिबान कट्टरपन्थी र अफगान सैनिकले मिलेर ईद मनाएको र एक अर्कालाइ सुभकामना दिँएको र सँगैबसेर तस्वीर पनि खिचेका छन् ।
दुबै तर्फबाट ईदका क्रममा संघर्ष विराम घोषणापछि यसतो सम्भव भएको हो ।

 

यसैविच अफगानिस्तानको नानगाहर प्रान्तमा एक आत्मघाती हमलामा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारी र तालिबान कट्टरपन्थी ईद मनाउन भेला भइरहेको स्थानमा उक्त विस्फोट भएको हो ।

मारिनेमा धेरैजसो तालिबान भएको र कयौं स्थानिय पनि परेको प्रान्तका प्रवक्ता अतुल्लाह खोगयानीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्