क्याम्वोडियाका राजकुमार सवारी दुर्घटनामा



नोमपेन्ह,(एजेन्सी)
क्याम्वोडियाका पुर्व प्रधानमन्त्री तथा राजकुमार नोरोदम रणरिद्ध आइतवार क्याम्वोडियाको दक्षिण पश्चिमी भागमा कार दुर्घटनाम घाइते भएक छन् भने उनकी पत्नीको मृत्यु भएके प्रहरीले जनाएक ेछ ।

७४ वर्षिय राजकुमार नरोदम र उनकी ३९ वर्षिया पत्नी ओउक फाल्ला सवार कारलाई अचानक एउटा ट्याक्सीले ठक्कर दिएको सरकारी अधिकारीहरुले बताएका छन् । ति दम्पतीलाई ततकालै प्रिह सिंहानुक प्रान्तको एउटा स्थानिय अस्पतलामा पु¥याएको थियो ।

तर केहि घन्टापछि नै फाल्लाको मृत्यु भएके थियो । आफ्ना राजनीतिक समर्थकहरुलाई भेट्न गइरहेका बेला तिनीहरु सडक दुर्घटनामा परेका हुन् । राजकुमार रणरिद्ध नरेश नरोदम सिहामोनीका सौतेनी दाइ हुन् ।

एउटा राजनीतिक पार्टीको नेतृत्व गर्ने उनले आगामी महिना आयोजना हुन गइरहेको विवादास्पद आम निर्वाचनमा भाग लिन लागेका हुन् । गत वर्ष राष्ट्रकै प्रमुख विपक्षी पार्टी क्याम्वोडिया नेसनल रेस्क्यु पार्टी ( सिएनआरपि ) का विघटन हुनुका साथै त्यसका नेता विरुद्ध जालसाजीका ेअभियोग लगाइएको थियो ।

क्याम्वोडियामा प्रधानमन्त्री हुन सेनले विगत ३३ वर्षदेखि शासन चलाउँद ैआएक छन् । उनलाई विपक्षी राजनीतिज्ञहरुलाई दमन गर्न न्यायालयहरु र सुरक्षा फौजका ेदुरुपयोग गर्दै आएको आरोप लाग्ने गरेको छ ।

राजकुमार रणरिद्धले सन् १९९३ देखि १९९७ सम्म प्रधानमन्त्री हुन सेनसंग मिलेर सरकार चलाएका थिए । वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा भएक े विद«ोहमा उनी सत्ताबाट बाहिरिन पुगेका थिए । हुन सेनसंग पुन मेलमिलप गरी राजकुमार सन् २०१५ मा पुन राजनीतिमा फर्केका थिए ।

 

प्रतिक्रिया दिनुहोस्