पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । चौतर्फी दबावपछि नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।

अाइतबार नेपाल आयल निगमले “स्वतः सञ्चालित मूल्य संरचना” अनुरुप पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।

शनिबार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची पठाएपछि निगमको सञ्चालक समितिले इन्धनको मूल्य घटाएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा ‘बेन्ट क्रुड आयल’को मूल्य घटिरहेको छ । कुनै समय ‘बेन्ट क्रुड आयल’को मूल्य प्रतिब्यारेल ८० डलर पुगेपनि अहिले त्यो घटेर ७३ डलर पुगेको छ ।

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा पाइने छ भने डिजेल र मिट्टतेल प्रतिलिटर ९३ रुपैयाँमा पाइनेछ । यसअघि पेट्रोल लिटरको ११३ रुपैयाँ थियो भने डिजेल र मिट्टतेलको मूल्य ९५ थियो ।
निगमले ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्