सुचना अधिकारीहरुलाई सुचनाको हक समबन्धी अनर्तक्रिया



सल्यान (नेस) । सल्यानमा सरकारी कार्यलयका प्रमुख र सुचना अधिकारीहरुको सहभागीतामा सुचनाको हक समबन्धी अनर्तक्रिया कार्यक्रम गरिएको छ । जिल्ला हुलाक कार्यलय सल्यानको आयोजनामा कार्यलय प्रमुुख र सुचना अधिकारीहरुलाई सुचनाको हक समबन्धी अनर्तक्रिया कार्यक्रम गरिएको हो ।

सबै नागरीक सामु सहि सुचनाका दिने र नागरी बाट पनि सुचना लिने उदेश्यले कार्यलय प्रमुख र सुचना अधिकारीहरुको लागी अनर्तक्रिया कार्यक्रम गरिएको जिल्ला हुलाक कार्यलय सल्यानले जनाएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला न्याधिस मदन बहादुर धामीले सुचना दिनु र लिनु सबैको दायित्व भएको बताउनु भएको छ । सुचनालाई सबैले गहिरीएर बुझनु पर्ने बताउदै सुचना सबै कहाँ पुग्ने गरी प्रभाकारी ढङगले प्रदान गर्न आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो नागरीक कहाँ सुचना गयो भने उनिहरुले आफ्ना भनाई राख्न सक्छन, आफ्नो अधिकार प्राप्त गर्नको लागी पनि सुचना प्राप्त गर्न जरुरी छ । आम नागरीकहरुको लागी गाउँ गाउँ सम्म पु¥यान सुचनालाई प्रभाकारी बनाउनु पर्ने न्याधीस धामीले बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेले ऐन नियमले दिएका कुराहरु जनाता सामु पु¥याईरहेको बताउनु भएको छ । सुचना माग्नु नागरीकको अधिकार भएकाले आफ्नो अधिकार के हो भनेर सबैले बुझ्नु पर्ने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो कहि कतै भएका सुचनाको जानकारी लिनु र दिनु हामी सबैको कर्तब्य हो, त्यसैले नागरीकले भएका सुचना दिने गरौ लिने काम पनि गरौ, । आफ्नो आचरण र मर्यादा तर्फ ध्यान दिएर काम गर्ने कार्यलय प्रमुखहरुलाई सुझाब दिनु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले सुचना, सुचनाको हक, सुचना लिने तरीका, सुचना प्रबाहको बारेमा प्रष्ट पार्नुभएको थियो भने जिल्ला हुलाक कार्यलय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले हुलाक कार्यलय बाट सम्पन्न भएका गतिबिधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्