आकाशबाट परेको धमिलो पानी खुवाउँदा काभ्रेको मण्डनदेउपुरमा गाइवस्तु मरे



ज्ञानमणि नेपाल, काभ्रे
आकाशबाट परेको धमिलो पानी खुवाउँदा काभ्रेको मण्डनदेउपुरमा गाईभैंसिहरु मर्न थालेका छन् । केहि दिन अघि आकाशबाट परेको पानी नै धमिलो थियो । खानेपानीको समस्यामा रहेको मण्डनदेउपुर ५ का स्थानियहरुले वर्षायाममा परेको पानी संकलन गरि गाईवस्तुलाई खुवाउने गरेका थिए ।

सोहि क्रममा परेको धमिलो पानी पशुहरुलाई खुवाउँदा स्थानिय नारायण श्रेष्ठको एउटा भैंसि मरेको र अरु २ वटा पाडापाडीहरु विरामी परेकाले औषधि चलाइएको वडा नं. ५ का वडाध्यक्ष नेत्र ढकालले जानकारी दिए । शुरुमा एउटा भैंसि विरामी भएको भोलीपल्ट नै मरेको थियो । लगत्तै पाडाापाडीहरु पनि विरामी भएपछि श्रेष्ठले पशुप्राविधिकलाई खबर गरे । जाँच गर्दा आकाशबाट परेको धमिलो पानी खुवाएकाले नै भैंसि मरेको पत्ता लागेको थियो । निम्न आयस्तर भएका कृषक नारायण श्रेष्ठको क्षति भएका पशुहरु विमा पनि नगरिएकाले उनको परिवार समस्यामा परेको छ ।


मण्डनदेउपुर नगरपालिका पशुपालनका लागि जिल्लामै प्रख्यात छ । यहाँका ७० प्रतिशत भन्दा धेरै कृषकहरु पशुपालनमा सक्रिय छन् । तर समय समयमा यस्ता समस्याहरु आउने गरेका कारण उनीहरु पीडित हुने गरेको वडाध्यक्ष ढकालले बताए । विगत केहि दिन देखि आकाशबाट परेको पानी पनि धमिलो भेटिन थालेको छ । असार १ गते शुक्रबार पनि देशभरि नै धमिलो पानी परेपछि सबै जना अचम्ममा परेका छन् । यस्तो पानी मानिसले तथा पशुहरुले खाँदा धेरै समस्याहरु आउने भएकाले सर्तक रहन पशुप्राविधिकहरुले किसानहरुलाई सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्