स्थानीय तहका जनप्रतिनिधिलाई भ्याई नभ्याई



 

सरिता चलाउने, सल्यान
सल्यानमा गाउँ गाउँमा स्थानीय तहका जनप्रतिनीधिहरुलाई योजना छनौटको कामले भ्याई नभ्याई वनाएको छ । चालु आर्थिक वर्ष २०७४ ÷०७५ योजनाहरु निर्माणको काम सम्पन्न गर्नको लागी जनप्रतिनीधिहरुलाइ योजना छनोट प्रकियामा लागेका छन् । ति योजना फछ्यौट काम पनि भैरहेको छ ।

योजना फछ्यौट गर्न अनुगमनको काम गर्नु पर्ने कुमाख गाउँपालिका ४ का वडा अध्यक्ष तिलविर वुढाले वताउनु भयो । उहाले भन्नु भयो वस्तिवाट आएका योजना वडा स्तरमा छलफल गाउपालिकामा सिफारिसका लागि छलफल सुरु गरेका छौ ।

योजना छनौट खेतिपातीको सिजन संगै सुरु भएको छ । आफ्नो गाउँटोलका विकास विषयमा छलफल गर्न कुमाख गाउँपालिका ४ कालागाउँ थदरामा पुगेर आफ्ना योजना टिपाएको वाहुनगाउँ टोलका चन्द्र वहादुर रानाले वताउनु भयो । उहाले भन्नुभ यो खेतीपातीको समय भए पनि योजना छनौटमा सहभागी भएको हुँ ।

चालु आर्थि वर्षमा धेरै योजना छनौट भएका देखियो साना तर धेरै योजना छान्नु भन्दा दुरगामी महत्व राख्ने योजना छान्नु पर्ने नाउला माविका शिक्षक लोकेन्द्र विक्रम शाहको भनाई छ । योजना छनौट मात्र होईन प्रभावकारी कार्यान्वयनका लागि समेत उपभोक्ता समितिलाई सचेत वनाउन आवश्यक रहेको बताउनु भयो ।

वडा नम्वर २ का वडा अध्यक्ष शेरवहादुर रावत पनि वस्ति स्तरका योजना छनौटका लागि गाउँमा पुग्नु भएको छ । जनतालाई धेरै भन्दा धेरै समुदायलाई लाभ पुग्ने र साझा योजना छनौट गर्न वस्तिमा पुगेको छु रावतले भन्नुभयो धेरै भन्दा थोरै ठूला योजना छनौट गर्ने योजना छ ।
स्विकोट २ नम्वर वडामा खानेपानीको समस्या धेरै छ । २०४२ साल तिर वनेको खानेपानी आयोजना अहिले सञ्चालन आउन सकेको छैन रुमालगाउँका पहलमान रेग्मीले भन्नुभ यो खानेपानीलाई प्राथमिकतामा राखेका छौ ।

आगामी वर्षमा चालु आर्थिक वर्षको समिक्षा सहित योजना निर्माण लागेको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया विएमले वताउनु भयो । उहाँका अनुसार गाउँ गाउँमा पुगेर सार्वजनिक सुनुवाई समेत सञ्चालन गरिउको छ । जनताका राय सुझाव पनि लिएका छौ । एक वर्षको अनुभव आगामी योजनामा देखिने छ उहाँले भन्नु भयो ।

यसतै दार्मागाउँपालिका २ मा पनि योजना छनौट सुरु भएको छ । वडाका ओजावाङ, कौक्ष, लिगाछाप, पातीखोला, घुसखोला, झयारीवाङ, डलसि∙ गाउँमा वस्तिवाट योजना संकलनका लागि अभियान सुरु गरेको वडा सचिव लालवहादुर वलीले वताउनु भयो ।
अघिल्ना वर्षमा सञ्चालनका भएका कार्यक्रमको समिक्षा सहित यो वर्ष कृषिलाई प्राथमिकरण गर्नुपर्ने देखिन्छ २ नम्वर वडाका वडा अध्यक्ष डिल्ली केसीले भन्नुभ यो आय आर्जनलाई वढाउने गरी योजना छनौट गर्न सुझाव आएको छ ।

टुक्रे परिणाम विहिन धेरै योजना भन्दा थोरै तर जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजना छनौट गर्ने गरी सवै वडामा निर्देशन दिएको दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले वताउनु भयो । उहाले भन्नु भयो कृषि, शिक्षा, सडक , विद्युतिकरण र रोजगारी सृजन ागर्ने कार्यक्रम परिणामुखि योजना निर्माण लागि वस्तिमा सवै वडामा जनप्रतिनीधि पुगिरहेका छौ ।

यसै विच शारदा नगरपालिकाले पनि योजना छनौटलाई तिव्र पारेको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनु भयो । उहाले भन्नुभयो असारको १० गते नीति तथा कार्यक्रम ल्याउछौ । नीति तथा कार्यक्रममा वस्तिवाट आएका धेरै भन्दा धेरै योजना वजेटमा समेटने छौ ।
यहाँ ३ नगरपालिका र ७ गाउँपालिका अहिले वस्ति स्तरमा योजना छनौटको काम सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्