सुरुङमा फसेका मजदुरको ३८ घण्टापछि सकुशल उद्धार



इन्द्र गिरी, संखुवासभा
अरुण तेस्रो जलविधुत आयोजनाको सुरुङ खन्ने क्रममा पुरीएर बेपत्ता ४ जना मजदुरको ३८ घण्टा पछि सकुसल उद्धार गरिएको छ । शुक्रवार साझ सुरुङ भित्र काम गदै गर्दा करिव ५० मिटर माथीबाट झरेको पहिरोले पुरिएर २ जना नेपाली र २ जना भारतिय कामदार बेपत्ता भएका थिए ।

उनिहरुको आइतबार विहान ११ बजे ३८ घण्टापछि सुरुङमाथीबाट प्वाल बनाई सकुसल निकालीएको छ । उद्धार गरिएका कालिकोट सिउना गाउ“पालिका ४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर रहेका छन ।

उनिहरुको उद्धार पछि तत्कालै घटनास्थलमा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरि उपचार गरि स्वास्थ्यमा सुधार आएको र उनिहरुको थप उपचारका लागी नुमको स्वास्थ्य चौकीमा भर्ना गरिएको छ । उनिहरुको अवस्था सामान्य बन्दै गएको थप प्रमुख जिल्ला अधिकरीले गणेशबहादुर अधिकारीले बताउनु भयो ।

प्रहरी नायव उपरिक्षक श्यामसारु मगरले शुक्रवार साझ सुरुङ प्रबेश मार्ग माथीबाट ठुलो पहिरो गएको र सुरुङ मार्ग लगातार पानी परि पहिरो जाने क्रम नरोकिएकाले उद्धारमा कठिनाई भए पनि लगातार रुपमा पहिरो हटाउन विस्फोटक पदार्थ , स्काईभेटर र डोजरको प्रयोग गरि पहिरो पन्छाउने काम गरिएकाले सुरुङमा फसेका ४ जनाको सकुसल उद्धार गर्न सकिएको बताउनु भयो ।

उद्धारमा जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली सहित स्थानीयवासी खटिएका थिए । अविरल बर्षाको कारण गएको पहिरोले अरुण तेस्रो जलविधुतको सुरुङ मार्ग जाने बाटो, पुल लगायतमा ठुलो क्षति पुर्याएको बताईएको छ ।

अरुण तेस्रो जलविधुत आयोजनाको ड्याम साईड (क्षेत्र) मकालु गाउपालीकाको फयाकसिन्दामा रहेको छ भने पावर हाउस भने चिचिला गाउपालीकाको पुखुवामा रहेको छ । अरुण तेस्रो आयोजनाबाट ९ सय मेघावट विधुत उत्पादन हुने र सन २०२२ सम्ममा सम्पन्न गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्