इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुख नेपालमा



काठमाडौं,(नेस) । त्रिभुवन विश्वविद्यालयले इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा लिउ युस्याङ्गको उपस्थितिमा नेपाल चिनको सम्वन्धमा कन्फुसियस इन्स्टिच्युटको योगदान शीर्षकको छलफल कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका बीच त्रिभुवन विश्वविद्यालयमा कन्फुसियस इन्स्टिच्युट निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ । छलफलमा इन्स्टिच्युट निर्माणवाट द्धिदेशिय सम्वन्धमा पर्ने प्रभावका वारेमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले उच्चशिक्षामा देखापरेको अन्तराष्ट्रियकरणलाई आत्मसाथ गर्दै विश्वविद्यायको अध्ययन÷अध्यापनलाई विश्वव्यापी बनाउन अन्तराष्ट्रिय अनुसन्धान केन्द्रहरु स्थापना गर्ने विश्वविद्यालयको रणनीति रहेको बताउनुभयो ।
उहाँले कन्फुसियस इन्स्टिच्युटले दुईदेशको कला,संस्कृति विज्ञान एवं सभ्यताका विभिन्न आयामहरुका वारेमा अध्ययन अनुसन्धान हुने र द्धिदेशिय पारस्परिक हितका निमित्त ज्ञानको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गर्नुभएको थियो ।

इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा.लिउ युस्याङ्गले महान दार्श्निक,चिन्तक एवं प्राज्ञ कन्फुसियसको जिवन प्रणालीवाट मानवले अनेकौ ज्ञान आर्जन गर्न सक्ने र उहाँको जिवन प्रक्रियालाई अनुसरण गर्नसके जिवन सफल रहने बताउनुभयो ।
कन्फुसियस इन्स्टिच्युटले नेपालमा चिनिया भाषा,संस्कृति र सभ्यताको आदान प्रदान हुने,चिनिया विज्ञ र नेपालका विज्ञहरुविच निरन्तर सम्वन्धको विकास हुने अपेक्षा गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षामा गरेको नेतृत्वले आफुहरु थप उत्साहित रहेको र देशैभरी पैmलिएरको यसप्रकारको उच्चशैक्षिक संस्थासँगको सम्वन्धले आफुहरु झनै आकर्षित भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्वन्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा.भूपप्रसाद धमलाले मित्रराष्ट चिनबाट त्रिवि भ्रमणमा रहनुभएका इस्ट चाइना युर्निभसिटी अफ टेक्नोलोजीका प्रमुख र उहाँको नेतृत्वमा उपस्थित चिनिया अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । टेक्नोलोजीका सल्लाहकार डा.रमेश आर्चायले त्रिवि र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीकोे पहलमा निर्माण हुन लागेको कन्फुसियस इन्स्टिच्युटको महत्व र यसले नेपाल र चिनको द्धिदेशिय सम्वन्धमा पार्ने प्रभावका विविध आयामहरुका वारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्