पूर्व राजा नर्भिकमा



काठमाडौ,(नेस) । पुर्व राजा राजा ज्ञानेन्द्र शाह राजपरिवारका अरु सदस्यसहित नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेका छन । बिहान पौनै ८ बजे अनौपचारिक पोशाक लगाएर ज्ञानेन्द्र पुर्व रानी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा नर्भिक अस्पताल पुग्नुभएको थियो । उपचार गरी पुर्व राजा र परिवार बिहान ११ बजे निर्मल निवास पुगेका थिए ।

असार २३ गते आफ्नो जन्मदिन बनाउन नेपालगंज जानु अघि ज्ञानेन्द्रले नियमित स्वाथ्य परिक्षण गराउनुभएको हो । एन्जिओप्लाष्टिक गरिएकाले मुटुको नियमित स्वास्थ्य परीक्षण गर्न पुर्व राजा सहितको परिवार नर्भिक पुगेको निर्मल निवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्