महाकालीको पानीमा समान हकको माग



हरकसिंह धामी, कञ्चनपुर
कञ्चनपुरमा आयोजना गरिएको महाकाली संवाद कार्यक्रमका सहभागिहरुले महाकाली नदिको पानीमा नेपाल भारतका बासिन्दाहरुको समान हक हुनुपर्नेमा जोड दिएका छन् । महाकाली नदिको पानिमा दुई देशका नदि तटिय क्षेत्रमा बस्ने बासिन्दाहरुको समान हक हुनु पर्ने दुई देशका सिचाई अधिकारी तथा अन्य सरकारी तथा गैर सरकारी र स्थानियहरु विच भएको अन्र्तक्रिया अन्तरक्रियामा यस्तो कुरा आएको हो ।

उक्त कार्यक्रममा नेपाल र भारतका तटिय जनताहरmले पानिमा पाउनुपर्ने समान हक नपाएको सहभागिहरुले बताएका छन् । त्यसमा पनि नेपालीहरुले महाकाली संन्धी बमोजिम पाउनु पर्ने पानी पनि नपाएको गुनासो गरेका छन् । १९९६ मा गरीएको महाकाली सन्धि नै गलत भएको र यसलाई चाँडै सच्याउनु पर्ने नेपालि सहभागिहरुको माग रहेको छ । लामो समय देखि चली आएको रोटि र बोटि को सम्बधलाई भारतका तल्लो स्तरका कर्मचारी का कारण दुई देश विचको सम्बन्ध बिग्रदै गएको र परिणाम स्वरुप आम जनताहरुले सास्ति खेप्नु परेको सहभागिहरुको गुनासो रहेको थियो ।

७ न.प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री पठान सिंह बोहराले दुई देश बिचको नदिको किनारामा बसोबास गर्ने जनताहरुको समस्या समाधानका लागी प्रदेश सरकारले प्राप्त गरेको अधिकार पुर्ण रुपमा प्रयोग गर्ने र संघिय सरकार संग समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्दता जनाएका छन ।

कार्यक्रममा दुई देशका पदाधिकारीहरुले महाकाली नदिको पानिमा दुबै देशका नागरीकको समान हकका बारेमा आफनो आफनो देशका उच्च निकायसंग कुरा गर्ने, ब्यवस्थित नहर सफाईका लागी दुबै देशका सिचाई कार्यालय संग कुरा गरिने र बर्षातको समयमा बिना सुचना बनबासामा बाध खोल्ने काम नगरीने र दुबै देशको सयुत्तं रुपमा सुचना प्रणालीको स्थापना गरी दुबै देशका तटिय क्षेत्रका जन धनको सुरक्षाका लागि पहल गर्ने लगायतका विषयमा प्रतिबद्धता जनाईएको छ ।

ईन्डो नेपाल जोईन्ट याक्सन फर्मको आयोजनामा गरीएको महाकाली संबाद कार्यक्रममा नेपाल र भारतका बिभिन्न सरकारी निकायका क्रमचारी , सरकारी संस्था र गैर सरकारी संस्था नागरीक समाज र जनसहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्