मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



चितवन, (नेस)
नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाँउपालिका ६ मा पर्ने ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार अन्दाजी २५/३० बर्षका दुईजना युवक पुलबाट करिब २ सय मिटर तल खोलामा खस्दा मृत्यु भएको हो । उनिहरुको सनाखत हुन सकेको छैन् । तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा कालोपत्रे सम्पन्न भएपछि तिब्र गतिका कारण दुर्घटना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्