सर्वसाधारणलाई कहिलेसम्म यस्तो सास्ती



महोत्तरी सदरमुकाम जलेश्वरमा अहिले बेहाल अबस्था छ । चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो हिलाम्मे बनेको छ । अहिले सम्म कुनै पिच नभएकाले यहाँ यस्तो दुर्दशा भएको छ ।

जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पताल जस्ता ठाउँमा हिलैहिलो भएको छ, भने नगरभरि बाटोमा रहेका खाल्डाखुल्डीमा पानी जमेर सर्वसाधारणलाई निक्कै सास्ती भएको छ ।

यहाँ सधै बर्षतमा यस्तै हुँदा समेत सडक मर्मत र पिच गर्ने विषयमा कसैको ध्यान गएको छैन । जिल्ला सदरमुकाममा त यस्तो छ भने आफै कल्पना गर्न सकिन्छ अन्य ठाउँमा कस्तो होला ? यस क्षेत्रको विकासमा ध्यान देऊ ।

राम शाह, जलेश्वर महोत्तरी ।

 

प्रतिक्रिया दिनुहोस्