विश्वकपको तरंग



विश्वकप फुटबल प्रतियोगिता बिहीबार बेलुकादेखि सुरु भएको छ । हरेक चार÷चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिता यसपटक रुसका ११ सहरका १२ वटा रंगशालामा सुरु भएको छ । निकै भव्यताका साथ उद्घाटन भएको प्रतियोगितामा विश्वका ३२ देश सहभागी छन् । विश्वकप फुटबल प्रतियोगिताले खेल जगतमै सबैभन्दा बढी चर्चा बटुल्ने मात्रै गरेको छैन सबैभन्दा धेरै मानिसलाई अकर्षित गर्ने गरेको छ । विश्वमा भएका दुई सय ११ मध्ये प्रतियोगितामा ३२ देश मात्रै सहभागी भए पनि यसको तरंगले नछुने कुनै देश छैन ।

के वृद्ध, के युवा ? सबै देशका नागरिकहरू केही महिनाअघिदेखि नै विश्वकप फुटबल प्रतियोगिताको व्यग्र प्रतिक्षामा थिए । जुनवेला विश्वकप फुटबल प्रतियोगिताको आरम्भ भएको थियो त्यो वेला सूचना प्रविधिको यस्तो विकास भएको थिएन । टिकट काटेर रंगशालामा नछिरी प्रतियोगिताको आनन्द लिन सकिने अवस्था त्यतिवेला थिएन । तर, सूचना प्रविधिको विकासका कारण अहिले समयले काचुली फेरेको छ । विश्वका प्रायः सबै मानिस आफ्नै घरमा रहेको टेलिभिजन स्क्रिनबाट मज्जाले प्रतियोगिताको आनन्द लिन सक्ने अवस्थामा छन् ।
मनोज सेन्चुरी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्