जर्मनीलाई म्याक्सिकोले हराईदिए



एजेन्सी ।
तीन पटकसम्म विश्व कपमा आमने सामने भएको जर्मनीसँग म्याक्सिकोले तीनै पटक हार व्यहोर्नु पर्याे । विभिन्न पटक गरी १२ पटक जर्र्मनी र म्याक्सिको आमने सामुन्ने भएपनि १९८५मा भएको सिटी टुर्नामेन्टमा मात्रै म्याक्सिकोले जर्मनी विरुद्ध जीत हासिल गर्याे । जसमा ६ पटकसम्म हार व्यहोर्नु पर्याे भने ५ पटक ड्र भएको थियो ।

विश्व कपमा भाग लिए यता जर्मनीले अहिलेसम्म चार पटक जीत हासिल गरिसकेको छ । उनले खेलेको पहिलो खेलमा कहिल्यै हार व्यहोरेको छैन । डिफेण्डिङ च्याम्पियनको रुपमा मैदानमा खरो उतारेको जर्मनले तीन म्याचमा सन् १९५८ मा अर्जे्न्टिना विरुद्ध ३–१, सन् १९७८ मा पोल्याण्ड विरुद्ध ०–० र सन् १९९४ मा बोलिभिया विरुद्ध १–० गोल गरेको थियो ।

यस खेलमा डिफेण्डिङलाई विशेष ध्यान दिएर जर्मनीलाई म्याक्सिकोका खेलाडीले त्यत्ति जम्न दिएनन् । खेलको सुरुदेखि नै अट्याकिङ खेलेको म्याक्सिकोले पहिलो हाफको मध्ये समयमै सान्दार गोल गरेर अग्रता लिए । भने जर्मनीका खेलाडी हाफ समयपछि पनि जम्न सकेनन् ।
खेलको ३५ औँ मिनेटमा म्याक्सिकोका खेलाडी हाइर्विङ लोजानेले गोल गरेपछि म्याक्सिको १–० गोल गर्दै क्याक्सिकोलाई जर्मनी विरुद्ध जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्