पहिलो हाफमा जर्मनी १–० ले पछाडी



एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबलको जमर्नी १–० ले पछाडी परेको छ । सर्वाधिक विश्व कप विजेता जर्मनी विरुद्ध म्याक्सिकोले पहिलो गोल गरेपछि जर्मनी पछि परेको हो ।

खेलको ३५ औँ मिनेटमा म्याक्सिकोका खेलाडी हाइर्विङ लोजानेले गोल गरेपछि म्याक्सिको १–० ले अग्रता लिएको हो । खेलको सुरुदेखि आक्रामक देखिएका म्याक्सिको टोली सामु जर्मनी टोली खेलमा राम्रोसँग जम्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्