नारायणगढ–मुग्लिन सडकको जलविरेमा ठुलो पहिरो खस्यो,सडक अबरुद्ध



A view of a landslide that obstructed vehicular movement along Narayangadh-Muglin road section, in Chitwan, on Monday, June 27, 2016. Photo: THT
चितवन, .चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ–मुग्लिन सडकको जलविरेमा ठुलो पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । ठुलो पानि परिरहेका कारण बेलुका ६ बजेदेखी लगातार पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो खसेपछि चितवनबाट मुग्लिनतर्फ गएका गाडीहरु जुगेडीमा रोकिएको भने काठमाडौं,पोखराबाट आएका गाडीहरु मुग्लिनमा नै रोकिएको छ । पहिरो खस्न रोकिएपछी पन्छाउने काम शुरु हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
बर्खायाम शुरुभएसंगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको त्रास बढेको छ । सो सडक भएर यात्रा गर्नेले सजक भएर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्