निर्माण सामग्रीको जथाभावी भण्डारण



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकामा निर्माण सामग्रीको भण्डारण अब्यस्थित हुंदा नगरवासीहरु मारमा परेका छन् ।

गिट्टी बालुवा व्यापारीको कारण वीरगन्जको बाइपास सडक खण्ड असुरक्षित बन्दै गएको हो । व्यापारीहरुले बिक्रीका लागि बाइपास सडकको दुवै तर्फ गिट्टीरबालुवा भण्डारण गरेको कारण सडक सांघुरो भई दुर्घटना हुने सम्भावना बढ्दै गएको छ ।व्यक्तिगत नाफा कमाउने उद्देश्यले सडक छेउमा भण्डारण गरिएका निर्माण समाग्रीको कारण बाइपास एरिया धुलाम्य भएको कारण स्थानियले ठुलो समस्या खेप्नु परेको छ ।

बाइपास सडक छेउमा निर्माण समाग्री भण्डारणका लागि महानगरपालिकाबाट अनुमति लिएको नलिएको बारे महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठसंग बुझ्दा उहाँले कसैलाई भण्डारणका लागि अनुमति नदिइएको बताए । उनले बाइपास लगायतका अन्य सबै सडक छेउमा भण्डारण गरिएको निर्माण समाग्री तत्काल हटाउन महानगरपालिकाले पटक–पटक सुचना प्रकाशित गरेपछि महानगरपालिकाको अनुरोधलाई बेवास्ता गर्नेलाई अब हदैसम्मको कार्यवाही गर्ने तयारीमा कार्यालय रहेको जानकारी दिए ।

वीरगन्जका बाइपास सडक खण्डको चौधरी टोलमा पर्ने सडकको दुवै तर्फ गिट्टी बालुवा व्यापारी प्रकाश साहले भण्डारण गरी लामो समय देखी कारोबार गर्दै आएको स्थानियले बताएका छन् । निर्माण सामाग्रीका कारण सो बाटोभई आवत–जावत गर्ने सवारी साधनका कारण धुलो अत्याधिक उडने गरेकाले श्वास–प्रश्वासको समस्या खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

नाफा कमाउन गिट्टी बालुवा भण्डारण गरेकाले निलम्बन गर्ने निकायलाई समेत कारोबारीले प्रभावमा परेको स्थानीयको आरोप रहेको छ ।निर्वाचित जनप्रतिनिधिहरुलाई यस बिषयमा जानकारी गराइएको भएपनि कुनै सुनुवाइ नभएको स्थानीय मुस्तकिम अंसारीले बताए ।

प्रतिक्रिया दिनुहोस्