नारायणगढ–मुग्लिन सडकको बिकल्पमा भण्डारा–मलेखु चेपाङ राजमार्ग



 

कृष्ण आचार्य चितवन, । चितवनको भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु भएको छ । ट्रयाक खोलेको ८ बर्षपछि चितवनबाट सिधै काठमाडौं जाने चेपाङ राजमार्गको पहाडी खण्ड निर्माण थालिएको हो । डिभिजन सडक कार्यालय मार्फत थालिएको सडक निर्माणको काम चितवन तर्फ भण्डाराको प्यारीढाप र मलेखुको धादिङबाट निर्माणकार्य सुरु भएको छ । नेपाल भारत सिमानाका चितवनको ठोरीबाट सुरु गरेर रसुवागढी सम्म यो सडक पु¥याउने सरकारी योजना रहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र कुमार झाले बताए । चितवन खण्ड अन्तर्गत ११ किलोमिटर र धादिङ तर्फ ११ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भइ काम सुरु भइसकेको उनले जानकारी दिए ।

चितवन तर्फको साढे चार किलोमिटर कलोपत्रे र साढे ६ किलोमिटर सडकको बेस विच्छ्याउने काम भइरहेको प्रमुख झाले बताए । राप्ती नगरपालिकाको आँपपानीदेखि थाकलटारसम्म सडक कलोपत्रे गर्न बेस विच्छ्याइएको छ । धादिङ तर्फ भने ११ किलो मिटर कालोपत्रे गर्ने ठेक्का बमोजिक ८ किलोमिटर सडक चौडापार्ने काम भैरहेको प्रमुख झाले बताए । “चितवन र धादिङबाट ११÷११ किलोमिटर कालोपत्रे गर्न २४ करोड रुपैयामा ठेक्का सम्झौता भएर काम भइरहेको भन्दै झाले भने’, २२ किलोमिटर सडक निर्माणको काम असोज महिना भित्रै सम्पन्न गरी बाँकी सडकखण्ड निर्माणको लागि अर्को टेण्डर आह्वान गर्ने सरकारी योजना छ ।” ठेक्का सम्झौता भएको २२ किलोमिटर सडकको काम ७० प्रतिशत पुरा भइसकेको कार्यालय प्रमुख झाको दाबी छ । भण्डारा–मलेखु सडक चार बर्षभित्र सम्पन्न गर्नेगरी तीब्र गतिमा काम भइरहेको कार्यालयका प्रमुख झाले बताए । सडकखण्ड अन्तर्गत चितवनखण्ड ३९ र धादिङ खण्ड २३ किलोमिटर पहाडी सडक निर्माण हुने छ ।

भण्डाराबाट मलेखु सम्मको सडकखण्ड ६२ किलोमिटर भएपनि ठोरीदेखि मलेखु सम्म १ सय ३२ किलोमिटर सडक निर्माण हुनेछ । सो सडकमा साढे पाँच मिटर कलोपत्रे र सोल्जर सहित सात मिटरको सडक निर्माण हुने झाले बताए । ठोरीबाट भण्डारा सडक जोड्न निकुञ्जले अनुमति दिनुपर्ने भएकाले समस्या सृजना भएको कार्यालयका प्रमुख झाले बताए ।

सो सडकखण्ड अन्र्तगत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाप र वडा नं.१२ ढिटार जोडने लोथर खेलामा ९० मिटरको पुल निर्माणको काम भइरहेको छ । सडक निर्माण सुरु भएपछि चेपाङ समुदायमा खुसियाली छाएको छ । भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधनको चाप घट्ने छ भने पहाडी क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवन स्तर सुधारिने छ । सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौको सडक दुरी घट्ने छ ।

भण्डारबाट महेन्द्रराजमार्ग हुदै मलेखु सम्म जान १ सय ६ किलोमिटरको दुरी छ भने भण्डारा–मलेखु चेपाङ राजमार्ग ६२ किलामिटर मात्रै रहेकाले ४४ किलोमिटर दुरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । सो सडकको ट्रयाक खोलेपछि भण्डाराबाट यौरेलीटार सम्म सवारीसाधन चल्न थालेका छन । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङलाई आफुले उत्पादन गरेको सामाग्रीहरु बजार सम्म ल्याउन सहज भएको छ । “बस चल्न थालेपछि धेरै सजिलो भएको छ’, राप्ती नगरपालिका वडा नं.१३ कालिटारका जमानसिंह प्रजाले भने’,पहिला ५ घण्टा हिडेर भण्डारमा जानु पथ्र्यो अहिले चाडै पुगिन्छ ।” उनले आफुले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजार सम्म लैजाने गरेको बताए । सडकको सहज पहँुच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामाग्री बस्तीमा कुहिएर फाल्नु पर्ने अबस्था रहेको थियो । सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजार सम्म ल्याएर उचित मुल्यमा विक्री गर्न थालेको राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले बताइन । “सडककै कारण चेपाङ बस्तीमा चहलपहल सुरु भएको छ’ उनले भनिनर्् अहिले चेपाङ समुदायको दैनिकी समेत परिर्वतन हुँदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्