खोई त कारबाही



केही दिनदेखि काठमाडौंमा दूधको चर्चा सेलाउन नपाउँदै फेरि पानीको चर्चाले बजार तताएको छ। दूधको गुणस्तर निरीक्षण गर्ने क्रममा सम्बन्धित मन्त्रीहरू स्वयम् अग्रसर हुनुभएकोमा उहाँहरू निश्चिय नै प्रशंसाका पात्र हुनुभयो। तर कारबाही गरिएका कुरा कतै सुन्न पाइएन त्यस्तै अब फेरि हिले वर्षाले मानव स्वास्थ्यमा कस्तो असर पार्ने हो, त्यो त हेर्नै बाँकी छ।

दुर्भाग्यवश सरकारी दुग्ध विकास संस्थानलगायतका थुप्रै दूध डेरीले उपभोक्तालाई वितरण गरेको दूधमा युरिया मल, नुन र कास्टिक सोडाजस्ता अखाद्य पदार्थ भेटिनुको साथै दूध प्रशोधन केन्द्रहरू मापदण्डविपरीत दुर्गन्धित रहेका र दूधमा हानिकारक किटाणु भेटिएका खबर सञ्चारमाध्यममा छ्यापछ्यापती आए। यसले पूरै दूध उपभोक्ताको मन मस्तिष्कमा भुइँचालो नै ल्याएको छ। जनता बजारबाट दूध खरिद गर्नै छोडिसके। यस्तो दूधले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव त छँदै छ। उपभोक्ता पनि टाडिदै गए भने दूध उत्पादक किसानलगायत स्वदेशी डेरी उद्योगलाई समेत के कस्तो असर पर्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ।

यिनै कुरालाई मध्यनजर राख्दै ठोस र उपयुक्त कदम चाल्न के सरकार अग्रसर हुन सक्ला ? साथै यस्ता कुकृत्यहरू अब हुन पाउने छैनन्, बजारमा उपलब्ध दूध खानयोग्य छन् र अब उप्रान्त निर्धक्क भएर खाए हुन्छ भन्ने खालका सूचनाहरू पनि के सार्वजनिक रूपमा आउलान् !?

प्रतिक्रिया दिनुहोस्