सृष्टि र विनयको भेडेटार रोमान्स



पूर्वनेपाल सुन्दरी सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्सले भरिएको फिल्म रोमियो एन्ड मुनाको अर्काे रोमान्टिक गीत भेडेटार घुमौला सार्वजनिक भएको छ।

यसको अडियो भिडियोमा फिल्मका केन्द्रीय कलाकार सृष्टि र विनय नै देखिएका छन्। कोसिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मीना निरौलाले स्वर भरेका छन्।

गीतको शब्द निर्देशक दिनेश राउतले कोरेका हुन्। आगामी साउन ११ गते अल नेपाल रिलिज हुने फिल्मको केही दिनअगाडि राक्षस अवतारको पोस्टर रिलिज भएको थियो भने त्यसअगाडि फरकफरक ३ गीतसमेत रिलिज भइसकेका छन्।

५ गीत रहेको चलचित्रको अझै १ गीत सार्वजनिक गर्न बाँकी रहेको निर्र्माता प्रशन्न गोपालीले जानकारी गराए। डाइङ क्यान्डल निर्देशक नरेशकुमार केसीको निर्देशन रहेको रोमियो एन्ड मुनामा सृष्टि र विनयसँगै सुष्मा कार्की, सुरक्षा पन्त र प्रज्ज्वल सुजल गिरीले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्