भारको स्वादमा फ्रान्सको जित



कजान, (एजेन्सी)
पहिलो पटक विश्वकपमा प्रयोग भएको भार प्रविधि (भिडियो एसिस्टेन्ट रेफ्री) लाई फ्रान्सले पहिलोपटक मीठो स्वाद लिएर जित हात पारेको छ।

शनिबार समूह सी अन्तर्गत कजानमा भएको खेलमा भारमार्फत् पेनाल्टी प्राप्त गरेको फ्रान्सले अस्टे«लियालाई २–१ गोल अन्तरले हराएको हो। १९९८ विश्वकप च्याम्पियनले समूह सी मा महत्वपूर्ण तीन अंक पनि जोड्यो। ५५औं मिनेटमा भारको प्रयोग भएको थियो। योसँगै भार प्रविधि प्रयोग गर्ने फ्रान्स पहिलो टोली बनेको छ।

एन्टोइनी ग्रीजम्यानले अस्टे«लियाको बक्समा बल लग्दा उनलाई अस्टे«लियाका डिफेन्डर जोस रिडसनले पछाडिबाट ट्याकल हानेका थिए। रेफ्रीले फाउन नभएको भन्दा फ्रेन्च खेलाडीले भारको सहयोग मागेका थिए। जसमा उनलाई हल्का ट्याकल गरेको प्रस्ट देखियो र रेफ्रीले फ्रान्सलाई पेनाल्टी हान्न निर्देशन दियो। जसलाई ग्रीजम्यानले सहजै गोलमा परिणत गरे। यो उनको पहिलो विश्वकप गोल समेत हो।

यसको तीन मिनेटपछि ६१ औं मिनेटमा खेलमा अर्को नाटक मञ्चन भयो। सेमुल्स युमीटीले डिबक्समा हातले बल पन्च गरेपछि अस्टे«लियाले स्पट किक प्राप्त गर्यो। अस्टे«लियाका कप्तान माइल जेडीनाकले पनि पेनाल्टी गोल गर्न त्यति गाह«ो भएन। सो गोलसँगै खेल १–१ बराबरीमा पुगेको थियो। ८१औं मिनेटमा पउल पोग्बाले गरेको गोलरक्षकलाई चिप गरेको बलले गोलको दिशा लिँदा फ्रान्सको जित पक्का भएको थियो।

प्रतिक्रिया दिनुहोस्