जर्मनी निरन्तर जित्ने दाउमा



जर्मनी

पछिल्लो विश्वकप ः विजेता, २०१४
उत्कृष्ट प्रदर्शनः विजेता (२०१४, १९९०, १९७४ र १९५४)
प्रशिक्षकः जोएचिम लो
क्याप्टेनः म्यानुअल निउर
हालको फिफा वरीयता ः १
सम्भावित फर्मेसन ः ४–२–३–१

विश्वकप यात्रा
वर्तमान विश्व च्याम्पियन जर्मनीले विश्वकप छनोट चरणमा उत्कृष्ट प्रदर्शनलाई कायमै राखेको थियो। अजरबैजानमाथि ५–१ को जित निकालेपछि गत अक्टोबरमा जर्मनीले रुस यात्रा पक्का गरेको हो। जर्मनीले छनोट चरणका सबै १० खेलमा जित निकाल्यो। यसअघि २०१० को विश्व विजेता स्पेनले पनि यस्तै जित निकालेको थियो।

महत्वपूर्ण खेलाडी
अहिलेका उत्कृष्ट मिडफिल्डरमध्येका एक टोनी क्रुसले २०१४ मा जर्मनीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले च्याम्पियन्स लिगको उपाधि बार्यन म्युनिख र रियल मेड्रिड दुवै क्लबबाट जितेका छन्। उनका साथै जर्मनीका थोमस मुलर, मेसुट ओजिललगायतका उत्कृष्ट खेलाडी छन्। मुलरले २०१० मा गोल्डेन बुट जिते भने २०१४ मा पनि उत्कृष्ट खेलेका थिए।

मेक्सिको

पछिल्लो विश्वकप ः पछिल्लो विश्वकप ः अन्तिम १६, ब्राजिल २०१४
उत्कृष्ट प्रदर्शन ः क्वार्टरफाइनल (१९७०, १९८६)
म्यानेजर ः जुआन कार्लोस ओसोरियो
क्याप्टेन ः आन्द्रेस गार्डडो
हालको फिफा वरीयता ः १५
सम्भावित फर्मेसन ः ४–३–३ अथवा ४–२–३–१

विश्वकप यात्रा
मेक्सिकोले छनोट चरणका १० खेलमध्ये ६ खेलमा जित दर्ता गर्दै रुस विश्वकपमा स्थान बनाएको हो। छनोट चरणमा मेक्सिकोले १६ गोल गरेको थियो।

महत्वपूर्ण खेलाडी
मेक्सिकोका सर्वाधिक गोलकर्ता जेभियर हर्नान्डेजले २०१०, २०१४ को विश्वकपमा उत्कृष्ट खेलेका थिए। उनले २०१४ मा रियल मेड्रिडबाट फिफा क्लब विश्वकपको उपाधिसमेत जितेका थिए। यस्तै गिलर्मो ओचोआ पनि निकै
राम्रो फर्ममा छन्। उनले पनि रसियामा उत्कृष्ट
खेल्ने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्