विकिन, अपेक्षा र करणलाई स्वर्ण



काठमाडौं, (नेस)
ज्ञान सागरका विकिन पोखरेल, न्युटनकी अपेक्षा थापा र न्युटनकै करण चौधरीले ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। विकिन सिनियर ब्वाइज, अपेक्षा सिनियर गल्र्स र करण जुनियर ब्वाइजमा पहिलो भए।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना तथा पुष्पकुञ्ज हाइस्कुलको संयोजनमा भएको प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा विकिनले पुष्पकुञ्जका प्रतीक गुरुङलाई ११–५, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे। सिनियर गल्र्सको उपाधि भिडन्तमा अपेक्षाले फेरिल्यान्डकी लाक्भुति शेर्पालाई ११–३, ११–७ र ११–८ को सीधा सेटमा हराइन्। जुनियर ब्वाइजमा करणले ज्ञान सागरका राज वाइबालाई ११–९, ११–६, ९–११, ३–११ र ११–७ को सेटमा फाइनलमा पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्