भारतमा पानीको विकराल समस्या



नयाँदिल्ली,(एजेनसी)
भारतले अहिले सम्मकै सबैभन्दा नराम्रो पानीको अभाब भोगिरहेको र यसबाट ६० करोड व्यक्ति प्रभाबित रहको एकजना सकारी बुद्धिजिवीले शुक्रवार बताएक छन् । हालै सार्वजनिक गरिएको नीति आयोगको प्रतिवेदनमा भारतका २९ मध्ये २४ वटा राज्यको पानीको अभाब सम्बन्धी तथ्यांक समेटिएको छ ।

सा ेप्रतिवेदनमा पछिल्ला वर्षहरुमा यो समस्या झनझनै विकराल बन्द ैगइरहेको तथा आगामी सन् २०२० सम्ममा पानीको माग अझै बढ्दै जाने तर भारतका २१ वटा शहरमा भुमिगत पानी भण्डार पनि सकिने जनाइएको छ ।

८० प्रतिशत पानी कृषिका लागि प्रयोग हुने गरेकाले पानीको अभाबसंगै खाद्यान्न सुरक्षा समेत खतरामा पर्ने बताइएको छ । घरघरमा खानेपानी पाइप मार्फत वितरण गर्ने पुर्वाधारको कमिको कारण गर्मी याममा भारतका शहरहरुमा पानीको साह«ै अभाब हुने गरेको छ ।
सफा पानी को अभाबको कारण ग्रामीण क्षेत्रमा पनि ठूलो समस्या देखा पर्ने गरेको छ ।

वर्षा अनियमित हुने गरेकाले तिनीहरु जमिन मुनिको पानीमा पनि भर पर्न सकेका छैनन । साथै ग्रामीण क्षेत्रमा धेरै जसो भुमिगत पानी खेतीपातीमा प्रयोग हुने गरेको छ । स्वास्थ सम्बन्धी एक प्रतिवेदन अनुसार प्रत्येक वर्ष करिव दुई लाख भारतियको स्वच्छ पिउने पानीका ेअभाबमा अकालमै मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्