कमेडिन युवतीका हत्याराद्वारा आत्मसमर्पण



सिडनी,(एजेन्सी)
अष्ट्रेलियामा राति घर जाँदै गर्दा एकजना महिला कमेडियनलाई वलात्कार पछि हत्या गरिएको घटनालाई लिएर ठूलो जन आक्रोश र दुख फैलिएको छ ।

बुधवार बिहान सवेरै मेलवर्न स्थित एउटा फुटबल ग्राउन्डमा २२ वर्षिया युरिडाइस डिक्सनको लाश फेला परेको थियो । केहि घन्टा अघि मात्र उनले त्यहााको एउटा बारमा आफ्नो कार्यक्र प्रस्तुत गरेकी थिइन् । हत्याको आशंकामा प्रहरीले एकजना १९ वर्षिय युवकलाई गिरफतार गरेको छ ।

सामाजिक संजाल मार्फत कमेडियनहरु तथा सर्वसाधारणले डिक्सनको निधन प्रति श्रद्धान्जली व्यक्त गरेका छन् भने जनतामाझ स्थानिय महिला विरुद्ध हुने गरेको हिंसालाई लिएर स्थानिय बहश शुरु भएको छ । अधिकांश व्यक्तिले यस घटनालाई सन् २०१२ को जिल मिगर जामक एक आइरिस महिलाको हत्यासंग दाँजेर हेरेका छन् ।

मेलवर्न नजिक उनको हत्या हुँदा करिव ३० हजार व्यक्तिले शानित् पदयात्रा गरेका थिए । उनका समकालिन कमेडियन निकी व्यार्रीले अष्ट्रेलियन ब्रोडकास्टिंग कपोरेसनलाई भनेका छन् , ‘ डिक्सनले महिलाहरुको समस्याबारे निकै महत्वकासाथ सम्बोधन गर्ने गरेकी थिइन् ।’

उनले मंगलवार बेलुकी करिव साढे दसबजे मेलवर्नको मध्य भागस्थित बार छोडेको र त्यसको केहि क्षण पछि उनलाई उप नगर कार्लटन नर्थमा आक्रमण भएक ेहुनुपर्ने प्रहरीका ेप्रारम्भिक अनुसनधानले जनाएको छ ।

बुधवार प्रहरी समक्ष आत्मसमर्पण गर्न आएक १९ वर्षिय जेम्स टोडलाई वलात्कार र हत्याको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्