आप्रवासी नीतिका कारण बालबालिका अलपत्र



वासिंगटन,(एजेन्सी)
विगत छ साता भित्र अमेरिकी सिमाना क्षेत्रमा झण्डै दुई हजार आप्रवासी बालबालिका आफ्ना परिवारबाट छुटिन पुगेको सरकारी अधिकारीहरुले शनिवार जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको अवैध आप्रवासीहर माथि दमन गर्ने कडा नीतिको कारण मेक्सिकोको सिमानामा अमेरिका प्रवेश गर्न खोज्ने वयष्क आप्रवासीहरुलाई प्रहरीले हिरासतमा लिएपछि ति बालबालिका अलपत्र परेका हुन् ।

यो अवैध आप्रवासी नियन्त्रण सरकारी नीती अमेरिकामा ठूलो राजनीतिक बहशको विषय बनिरहेको छ । बिहिवार अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सले सरकारको यस न्युन सहनशिलता नीतिबाट पिडित आप्रवासीहरको रक्षा होस् भनी भगवानसंग प्रार्थना गरेका थिए । लामो समयदेखि पहिलो पटक मेक्सिकोबाट अवैध रुपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेकाहरुलाई साधारणतया साधारण नसिहत दिएर छाड्ने गरिएको थियो ।

तर अहिले ट्रम्प नीति अनुसार यस्ता व्यक्तिहरुमाथि अन्य अपराधिलाई जस्तै काननुनी कारवाही अघि बढाइने भएको छ । आफ्ना अभिभावकहरुलाई सुरक्षाकर्मिले हिरासतमा लिएर कानुनी कारवाहि बढाउने गरेकाले बालबालिकाहरु अहिले अन्यौल स्थितीमा पुगेका हुन् । अमेरिकी मातृभुमि सुरक्षा विभागको तथ्यांक अनुसार गत १९ अप्रिल देखि ३१ मेबिच पक्राउ परेका १ हजार ९ सय ४० वयष्कबाट १ हजार ९ सय ९५ जना बालबालिका छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्