ट्रम्पका सहयोगी जेलमा



वासिंगटन,(एजेन्सी)
संयुक्त राज्य अमेरिकाको एक अदालतले शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व चुनाव प्रचार प्रमुख पाउल मैनफोर्टलाई दस्तावेजमा हेरफेर गरेको आरोपमा आवशयक न्यायिक प्रक्रिया पुरा नहुन्जेल सम्मका लागि कारगार चलान गरिएको स्थानिय संचार माध्यमले जनाएके छ ।

उद्योगपति तथा लामो समय देखि रिपब्लिकन पार्टीका लागि काम गर्दै आएका मैनफोर्ट २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको भूमिकाको जाँचबुझ गर्ने जिम्मा लिएका विशेष अधिवक्ता रोवर्ट म्यूलरको निगरानीमा रहेका थिए । म्यूलरले गत साता मैनफोर्टमाथि अभियोग लगाएका थिए । अदालतले जमानत रद्द गरी उनलाई जेल पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्