अदभुत अंकमाल



कावुल,(एजेन्सी)
मुश्लिमहरुको महान चाड इदको उपलक्षमा अफगानिस्तानमा घोषणा भएको तीनदिने युद्धविरामको कारण त्यहाँ अद्भुत दृश्यहर देखिएका छन् ।

अफगान लडाकु समुह तालिवान र सरकारी फौजका सदस्यहरु जताततै आपसमा अंकमाल गरेर शुभकामना साटासाट गरिरहेको तस्वीरहरु स्थानिय संचार माध्यमले सार्वजनिक गरेको छ । केहि दिन अघिसम्म करिव असंभव नै मानिने यस्तो दृश्यका भिडियोहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् ।

लडाकुहरुले राजधानी कावुलमा गृहमन्त्री वाइस वार्माक्संग भेटिरहेका तस्वीर पनि सार्वजनिक भएका छन् । राष्ट्रपति असरफ घानीले दिर्घकालिन शान्तिका लागि युद्धविराम चाहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्