लिंग परिवर्तन गरी सेवामा जान मुख्यमन्त्रीको मद्धत



नयाँदिल्ली,(एजेन्सी)
शल्यक्रिया मार्फत लिंग परिवर्तन गरेका एकजना प्रहरी अधिकारीलाई पुन सेवामा प्रवेश गराउन एकजना मन्त्रीले प्रत्यक्ष समर्थन गरेका छन् । यस्तो मामिलामा मन्त्री आफैंले चासो राखेको यो पहिलो घटना हो । २९ वर्षिया ललित साल्भेले सन् २००९ मा पश्चिमी महाराष्ट्र राज्यमा महिला कन्स्टेवलको हैसियतले सेवा प्रवेश गरेका थिए ।

त्यसको दुईवर्षपछि २५ मेमा उनी शल्यक्रिया गराई पुरुष बनेका थिए । साल्भेले शुरुमा आफुलाई रोजगारदाताहरुले सहयोग नगरेको गुनासो गरेका छन् । तर उनले मुम्वईको उच्च अदालत समक्ष याचिकापत्र दायर गरेपछि राज्यको मुख्यमन्त्री देवेन्द« फदनाभिसले उनको मामिलामा हस्तक्षेप गरेका थिए ।

उनले विविसि मराथीका पत्रकार जान्हावी मूलेलाई बताएका छन् , ‘ विगतका ेकेहि वर्ष निकै तनावपुर्ण रह्यो । तर शल्यक्रियापछि पहिलो पटक बिउँmिभदा मैले बल्लहलुका महशुस गरें । पहिले मलाई मरुँ कि बाँचु जस्ता ेहुने गथ्र्यो । प्रहरी विभागले शल्यक्रियाका लागि चाहिने एक महिना बिदा दिन पनि मानेन । ’

हुन त प्रहरी विभागलाई पनि शुरु मा महिलाको रुपमा सेवामा प्रवेश गरेका उनलाई पछि अचानक पुरुष बन्दा कसरी व्यवहार गर्ने हो भन्नेबारे अलि अलमल परेकै थियो । सन् २०१७ को नोभेमवरमा साल्भेले आफुलाई प्रहरी विभागमा पुरुषको हैसियतले व्यवहार गरियोस् भनी उच्च अदालत समक्ष याचिकापत्र दायर गरेका थिए । उनी लिंग डिस्फोरिया नामक रोगबाट पिडित थिए । यसबाट पिडित व्यक्तिहरुको लिंग स्पष्ट हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्