खोई त कारबाही



केही दिनदेखि काठमाडौंमा दूधको चर्चा सेलाउन नपाउँदै फेरि पानीको चर्चाले बजार तताएको छ । दूधको गुणस्तर निरीक्षण गर्ने क्रममा सम्बन्धित मन्त्रीहरू स्वयम् अग्रसर हुनुभएकोमा उहाँहरु निश्चिय नै प्रशंसाका पात्र हुनुभयो । तर कारबाही गरिएका कुरा कतै सुन्न पाइएन त्यस्तै अब फेरि हिले वर्षाले मानव स्वास्थ्यमा कस्तो असर पार्ने हो, त्यो त हेर्नै बाँकी छ ।

दुर्भाग्यवश सरकारी दुग्ध विकास संस्थानलगायतका थुप्रै दूध डेरीले उपभोक्तालाई वितरण गरेको दूधमा युरिया मल, नुन र कास्टिक सोडाजस्ता अखाद्य पदार्थ भेटिनुको साथै दूध प्रशोधन केन्द्रहरु मापदण्डविपरीत दुर्गन्धित रहेका र दूधमा हानिकारक किटाणु भेटिएका खबर सञ्चारमाध्यममा छ्यापछ्यापती आए । यसले पूरै दूध उपभोक्ताको मन मस्तिष्कमा भुइँचालो नै ल्याएको छ ।

जनता बजारबाट दूध खरिद गर्नै छोडिसके । यस्तो दूधले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव त छँदै छ । उपभोक्ता पनि टाडिदै गए भने दूध उत्पादक किसानलगायत स्वदेशी डेरी उद्योगलाई समेत के कस्तो असर पर्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

यिनै कुरालाई मध्यनजर राख्दै ठोस र उपयुक्त कदम चाल्न के सरकार अग्रसर हुन सक्ला ? साथै यस्ता कुकृत्यहरु अब हुन पाउने छैनन्, बजारमा उपलब्ध दूध खानयोग्य छन् र अब उप्रान्त निर्धक्क भएर खाए हुन्छ भन्ने खालका सूचनाहरु पनि के सार्वजनिक रूपमा आउलान् !?

प्रतिक्रिया दिनुहोस्