एसईई नतिजा असार १० भित्रै



काठमाडौं, (नेस)
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी पनिकाले जनाएको छ । प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् । पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ ।

सरकारले कक्षा १०को परीक्षा प्रदेश तहलाई संचालन गर्ने अधिकार दिएपछि यो परीक्षाफल केन्द्रबाट संचालन गर्ने अन्तिम हुनेछ । यो वर्षको परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागि रहेका छन । परीक्षा चैत ८ गतेबाट संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्