आजको राशिफल



वि.सं.२०७५ साल असार ०३ गते । आईतबार । ईश्वी सन् २०१८ जुन १७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि चतुर्थि २८ घडी ४ पला,बेलुकी ०४ बजेर २३ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र तिष्य १४ घडी ५६ पला,बिहान ११ बजेर ८ मिनेट उप्रान्त अष्लेषा । योग व्याघात ३४ घडि ५४ पला,बेलुकी ७ बजेर ०७ मिनेट उप्रान्त हर्षण । करण वणिज,बिहान ५ बजेर ३७ मिनेट उप्रान्त भद्रा,बेलुकी ४ बजेर २३ मिनेट उप्रान्त वव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कर्कट ।

काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ अंक — १,५ शुभ दिशा — पश्चिम , शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

शुभ अंक — १,५ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ५,६ शुभ दिशा — पुर्व, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा रमाईलो महशुष हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा भने समय दिन नसक्दा आम्दानि न्युन हुनेछ । खेलकुद तथा यस्तै क्रिर्याकलापमा जित हात पार्न सकिनेछ ।
शुभ अंक — ३,८ शुभ दिशा — पुर्व
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — दक्षिण, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिए अनुशार नतिजा ननिस्कने हुँनाले मन खिन्न हुनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पुर्व, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोग पाउदा काम गर्न जोस जागर बढेर आउनेछ ।

शुभ अंक — १,२ शुभ दिशा — दक्षिण, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमानै सजक बन्नाले बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उपलब्धि हात पार्न सकिनेछ । व्यापार व्यावसायला लगानि बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । कार्यक्षेत्रमा आउने समस्याहरुलाई हल गर्ने क्षमता बढ्ने हुनाले कार्यसम्पादन मुल्याङकन सुचक बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा बाहिरि बताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई औषधि उपचार खर्च बढेर जान सक्छ । बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ कुरा सिक्ने अवसर आएपनि सहि ठाउँमा प्रयोग गर्न नजान्दा आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुनेछन् । सन्तान तथा छोराछोरिसँग सैद्धान्तिक कुरामा राज बाजिनेछ भने आफन्त तथा साथिभाई पनि तपाईदेखि टाडिने सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्