विराटनगर र जनकपुर हवाइ रुट दिन भारत सहमत



नेपाल समाचारपत्र, काठमाडौँ ।

भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं -विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्