प्रदर्शन गर्न रोक लागाइएको माइतीघर मण्डलामै डा. केसीले गरे प्रदर्शन



भन्छन्ः कसरी रोक्दा रहेछौं हेरौं

नेपाल समाचारपत्र, काठमाडौँ ।
डा. गोविन्द केसीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले माइतीघर मण्डल लगायत काठमाडौँका अन्य स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा डा. केसीले शनिबार प्रदर्शन गरेका हुन् ।

मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ , ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेर पर्दशनमा उत्रिएका छन् ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार लगायत भिभिन्न मागसहित उनी सडकमा उत्रिएका हुन ।

तस्बिरः अनिल आङदेम्बे, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्