रिकिस र सरस्वतीलाई एसईईको उपाधि



राजधानीमा आयोजित एक प्रतियोगितामा कपुरधाराका रिकिस चित्रकार मिस्टर एसईई आइकनका साथमा मस्ट ट्यालेन्ट र मस्ट पर्फेक्ट तथा सरस्वती सरु बुढाथोकीले मिस एसईई आइकनका साथमा मस्ट पर्फेक्टको उपाधि चुमेका छन्।

अल नेपाल पब्लिकेसन मिडिया हाउस ललितपुरद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विभिन्न स्कुलबाट एसईई दिएर बसेका किशोर किशोरीका बीच भएको मिस्टर एन्ड मिस एसईई आइकन २०१८ मा रिकिस र सरस्वतीले मुख्य उपाधिका साथ उपउपाधि चुमेका हुन्। प्रतियोगिताको मिस्टर एसईई आइकनतर्फ रामदुलार यादव फस्ट रनर्सअप र बेस्ट स्पिच, प्रविन शिवाकोटी सेकेन्ड रनर्सअपका साथमा बेस्ट डान्सर र मस्ट इन्टिलेजेन, अभिषेक बज्राचार्यः भ्युअर्स च्वाइस र जेसन श्रेष्ठ मिस्टर क्याटवाक र मस्ट डिजर्भिङ, अरनभ घिमिरे मस्ट पपुलर र फेसबुक च्वाइस, सन्तोष टेङमाली सोसियल वेलफेयर एम्बेसडर, राकेश तामाङ बेस्ट सिंगर र बेस्ट फिजिक, दिलिप बस्नेत बेस्ट डिसिप्लिन, अनिकेश श्रेष्ठ मस्ट फोटोजेनिक, सुमलन सादा शंकर युथ विथ रेसपोन्सीबिलिटी, सुदीप घिमिरे बेस्ट पर्सनालिटी, दीपेश खड्का बेस्ट फिटनेस, सूर्यबहादुर तामाङ मस्ट फ्रेन्डली, दिशान महर्जन मस्ट एक्टिभ र रेगिस श्रेष्ठ मिस्टर ह्यान्डसम उपउपाधिका विजेता भए।

त्यसै गरी मिस एसईई आइकनतर्पm बिबिका थापा फस्ट रनर्सअप र मिस ब्युटीफुल, मल्लीका श्रेष्ठ सेकेन्ड रनर्सअप र युथ विथ रेसपोन्सीबिलिटी, तिसा बज्राचार्य थर्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट र मस्ट पंचुअल, आश्मा पाण्डे फोर्थ रनर्सअपका साथमा बेस्ट स्पिच र मस्ट आकनिक आइज भएका छन्। त्यसै गरी आँचल भण्डारी क्षेत्री भ्युअर्स च्वाइस, निशा देउला सोसियल रेस्पोन्सिविलिटी, श्रीषा भण्डारी ब्युटी विथ प्रपस, दीपिका श्रेष्ठ मस्ट पपुलर र बेस्ट फिजिक, अनसिना र्दनाल बेस्ट स्माइल, आशिका दाहाल फेसबुक च्वाइस, पलिसा मानन्धर मिस क्याटवाक, प्रियंका बरुवाल बस्ट हेयर र फोटोजेनिक, युना थापामगर बेस्ट स्किन, अर्पना नेपाल बेस्ट डिसिप्लिन, रक्षा मल्ल बस्ट पर्सनालिटी, आकृति कुँवर मस्ट फिटनेस, स्यारोन गुरुङ मिस कन्जिनियालिटी, सरु धिमाल बेस्ट डान्सर, रविना भण्डारी फेसन आइकन, रोजिना श्रेष्ठ मस्ट एक्टिभ र मस्ट पोजिटिभ एटिच्युड, आयुषा खड्का मस्ट क्रियटिभ प्रीति राई सोसियल वेलफर एम्बेसडर, प्रकृति थापा बेस्ट सिंगर र मृदुला केसी मस्ट फ्रेन्डली भएका छन्।

कलाकार सुरेन्द्र केसी ‘मुला साग’, फिल्म निर्माता, निर्देशक तथा कलाकार गजित बिष्ट, सञ्चारकर्मी सूर्य चन्द, टिचर आइकन सन्ध्या केसी, हिसानका पूर्वअध्यक्ष युवराज थापा, डा. श्याम खड्का र आइडल मोडल स्कुलका प्रिन्सिपल विराट क्षेत्री निर्णायक रहेको कार्यक्रमको बीच–बीचमा महादेव त्रिपाठीले कमेडी प्रस्तुत गरेका थिए भने बल्ली डान्स गु्रपले डान्स र गायक र ध्रुव विस्कोले गीत प्रस्तुत गरेका थिए। प्रतियोगिताको कोरियोग्राफी र कार्यक्रम सञ्चालन अश्विनी झाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्