फ्रान्सविरुद्ध अस्टे«लिया



फ्रान्स

पछिल्लो विश्वकप ः क्वार्टरफाइनल, ब्राजिल २०१४
उत्कृष्ट प्रदर्शन ः उपाधि विजेता (१९९८)
म्यानेजर ः डिडिएर डेस्च्याम्प
कन्फडेरेसन ः यूईएफए
क्याप्टेनः ह्युगो लरिस
हालको फिफा वरीयता ः ७
सम्भावित फर्मेसन ः ४–३–३

विश्वकप यात्रा
युरोपियन क्षेत्रको छनोट चरणमा फ्रान्स समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै रसिया विश्वकपमा छनोट भएको हो। फ्रान्सले विश्वकप छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यो समूहको सबैभन्दा शक्तिशाली टिम फ्रान्स हो। फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना अधिक छ। पेरू, डेनमार्क र अस्ट्रेलियाबीच अन्तिम १६ मा प्रवेश गर्न भने कडा प्रतिस्पर्धा हुनेछ।

म्यानेजर
२०१२ मा फ्रान्सको राष्ट्रिय टोली सम्हालेका डिडिएर डेस्च्याम्पले २०१४ मा विश्वकपको क्वार्टरफाइनल र २०१६ मा भएको युरोकपमा फ्रान्सलाई फाइनलसम्म पुराएका थिए। उनले विश्व चर्चित खेलाडीहरूलाई एकीकृत गरेर बलियो र सन्तुलित टोली बनाएका छन्। उनीमाथि फ्रान्सले निकै ठूलो विश्वास गरेको छ।

महत्वपूर्ण खेलाडी
पाउल पोग्बा त्यस्ता खेलाडी हुन्, जसले विपक्षीसँग एक्लै खेल्ने क्षमता राख्छन्। उनले आफ्नो क्लबका लागि पनि यस्तो गर्दै आएका छन्। उनले विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। एन्टोनी ग्रिजम्यान अर्का हेर्न लायक खेलाडी हुन्। एथ्लेटिको मेड्रिडबाट यो सिजन युरोपा लिग जितेका उनी उत्कृष्ट लयमा छन्। उनको फर्म जारी रहँदा उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन्। फ्रान्ससँग केलियन बाप्पे पनि छन्। उनले पेरिस सेन्ट जर्मेनबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। पहिलोपटक विश्वकप खेल्न लागेका उनले उत्कृष्ट प्रदर्शन गर्दै गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलिया

पछिल्लो विश्वकप ः समूह चरण, ब्राजिल २०१४
उत्कृष्ट प्रदर्शन ः अन्तिम १६, २००६
म्यानेजर ः बर्ट भान मारवाजी
क्याप्टेन ः माइल जेडेनक
हालको फिफा वरीयता ः ३६
सम्भावित फर्मेसन ः ४–३–२–१

विश्वकप यात्रा
एसियाली क्षेत्रको छनोट चरणको समूह ‘बी’ मा रहेको थियो अस्ट्रेलिया। अस्ट्रेलिया समूहको तेस्रो स्थानमा रहेको थियो। सिरिया र होन्डुरससँगको प्लेअफमा जित निकाल्दै अस्ट्रेलिया रसिया विश्वकपमा छनोट भएको हो।

म्यानेजर
२४ जनवरी २०१८ मा बर्टलाई अस्ट्रेलियाले राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले विश्वकपमा सम्मानजनक अन्त्य गर्ने कोशिस गर्नेछन्। विश्वकप सकिएलगत्तै नेदरल्यान्ड्सका पूर्वप्रशिक्षक ग्राहम अर्नोल्डले उनलाई स्थापन्न गर्ने बताइएको छ।

महत्वपूर्ण खेलाडी
हडर्सफिल्ड टाउनका मिडफिल्डर हारुन मोय अस्ट्रेलियाका महत्वपूर्ण खेलाडी हुन्। २७ वर्षीय उनले आफ्नो फर्मलाई जारी राख्ने हो भने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नेछन्। कप्तान माइल जेडेनक अस्ट्रेलियाका रचानात्मक मिडफिल्डर हुन्। उनले पनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्