हमला नगरिने



साना,(एजेन्सी)
यमन सरकारले शुक्रवार आफ्नौ फौजले लडाकु नियन्त्रित बन्दरगाह शहर हुदेदाहमा आक्रमण नगरिने घोषणा गरेको छ । युद्धग्रस्त राष्ट्र यमनमा मानविय राहत सामग्री प्रवेश गर्ने यो प्रमुख नाका हो ।

विदेश मन्त्री खालेद एलेमानीले सरकारको भौतिक पुर्वाधार नष्ट गर्ने योजना नरहेको बताएका छन् । सरकारी फौजले बुधवार साउदी अरेवियाको नेतृतवमा रहेको गठबन्धन फौजद्वारा रेड सि शहरमाथि भएको हमलामा सहयोग गरेको थियो । दातृ निकायहरुले युद्धको कारण खडेरीको खतरामा परेका लाखौं मानिसलाई आवश्यक आधारभुत वस्तुहरुको आपुर्ति बन्द हुनसक्ने बताइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्