मुसर्रफ चुनाव लड्न अयोग्य



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको सर्वोच्च अदालतले पेशीमा अनुपस्थित हुने गरेकोमा पुर्व राष्टपति जनरल परवेज मुसर्रफलाई चुनाव लड्नका लागि दिएको ससर्त अनुमति फिर्ता गरेको छ ।

अदालते गत हप्ता उनलाई जुलाई २५ मा हुने प्रस्तावित आम चुनाव लड्न अनुमति दिएको थियो । उनले उत्तरी चित्राल जिल्लाबाट नामांकन पत्र पनि दर्ता गरेका थिए । मुसर्रफलाई उनको आजिवन अयोग्यतासँग जोडिएको मामिलामा जुन १३ मा अदालत समक्ष पेश हुन अनुमति दिएको थियो । प्रधान न्यायधिष साकिब निसारले बुधबार पुर्व सेना प्रमुखलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

उनलाई शुक्रबार अपरान्ह २ बजेसम्ममा अदालतमा हाजिर हुन भनिएको थियो । सुनवाईका क्रममा उनका वकिलले ७४ बर्षिय मुसर्रफ आउने निर्धारित थियो तर उनी तत्काल आउन असम्भव भएको बताएका थिए ।

इदको छुट्टि र विरामीका कारण मुसर्रफ तत्काल यात्रा गर्न सक्ने स्थितिमा नभएको वकिलले जानकारी गराएका थिए ।
त्यसपछिसुनवाई अनिश्चितकालका लागि स्थगित गर्दै याचिकाकर्ता तयार भएपछि मात्र सुनुवाई राख्ने र उनलाई दिइएको ससर्त अनुमति फिर्ता लिएको न्यायधिषले फैसला सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्