अनाहकमा ज्यान



बेंगलुरु (एजेन्सी)
१५ रुपैयाँको चुरोटले दुई ब्यक्तीको ज्यान लिएकोछ । चुरोट लिएर पैसा नदिएपछि पसले र ती ब्यक्तीबीच विवादले झगडाको रुप लियो ।

दक्षिण भारतिय सहर बेंगलुरुमा भएको उक्त घटनामा ३० बर्षका ती ब्यक्ती र उनका दाजुको ज्यान गएको प्रहरीले बताएको छ । पैसाका कारण विवाद बढेपछि पसलेले आफ्ना साथीहरुलाई फोन गरि बोलाएका थिए ।

हतियार सहित आएका आधा दर्जनको समुहले ३० बर्षिय अमिनलाई कुटपित गरेपछि भाइलाई जोगाउन आएको दाजु मातिनलाई पनि कुटपित गरि दुबैको हत्या गरेको बताइएको छ । प्रहरीले पसल मालिक अमिन अली र केहि ब्यक्तीलाई हिरासतमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्