साप्ताहिक राशिफल, असार २ गतेदेखि ८ गतेसम्म



मेष
तपाईंका लागि यो साता अनुकूल छ । भोलि आइतबार शुभ नभए पनि बाँकी सबै दिन शुभ फल दिनेवाला छन् । थालनी गरिएका कार्यहरु प्रायः सफल हुनेछन् । नयाँ जोशजाँगर, सोच, इच्छा जागृत हुनेछ । रोजगार, वैदेशिक यात्रा, बढुवाजस्ता कुराहरुले प्राथमिकता पाउनेछन् । आम्दानीको सम्भावना छ । इष्टमित्रबाट सहयोग पाइएला । मान–सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ ।
वृष
तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् भने मध्यदिनहरु उपलब्धिमूलक छैनन् । सोम, मंगल र बुधबार स्वास्थ्य समस्या, विवाद, हानि–नोक्सानी, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च र कष्ट बेहोर्नुपर्ला । तर बाँकी दिनमा भने धन, खाद्यपदार्थ, कोसेली–उपहार आदि प्राप्त होला । गरिरहेको पेसा व्यवसायबाट आशातीत लाभ होला । पढाइमा प्रगति होला ।
मिथुन
तपाईंका लागि साताका शुरुका दिनहरु धेरै उत्तम फलदायक छन् । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण होला । उत्तम भोजन प्राप्ति, पुरस्कारको सम्भावना, सानो बोलीले ठूलो काम बन्ने देखिन्छ । आर्थिक उन्नति एवम् मान–सम्मान बढ्ला । व्यापारीलाई विशेष लाभ हुने सम्भावना छ । साताको अन्त्यमा भने व्यर्थमा खर्च, दौडधुप, दिनचर्या अस्तव्यस्त होला ।
कर्कट
साता धेरै शुभ फलदायक देखिन्छ । आज शनिबार पेटको समस्या, दौडधुप भए पनि बाँकी सबै दिन उपलब्धिमूलक छन् । कतैबाट धन–पैसा प्राप्तिको योग छ । यसले गर्दा आर्थिक समस्या समाधान हुनेछ । कुनै प्रतियोगिताहरुमा भाग लिएको भए जित्ने सम्भावना अधिक छ । प्रेमप्रसंगले पूर्णता पाउनेछ । जीवनसाथीको सहयोगले ठूलै काम बन्ला । आफन्तबाट सहयोग पाइनेछ ।
सिंह
तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक कामको थालनी हुनेछ । प्रायजसो सबै कार्यहरु सफल हुनेछन् । रोजगार, वैदेशिक यात्रा, बढुवा, आम्दानीको सम्भावना छ । परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला । गरिरहेको पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ । सबैको वाहवाही भइनेछ । मान–सम्मान बढ्नेछ । तर भोलि आइतबार भने त्यति राम्रो समय छैन ।
कन्या
तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् । साथीभाइहरुबाट सहयोग, धन, खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन प्राप्ति होला । व्यापार व्यवसायमा सफलता हासिल हुनुका साथै हर्षोल्लास बढ्ला । पढाइ, लेखाइमा प्रगति होला । तर साताको बीचभाग सोम, मंगल र बुधबार भने रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च, तनाव, कष्ट बेहोर्नुपर्ला ।
तुला
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर बिहीबार र शुक्रबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।
वृश्चिक
साता उत्तम फलदायक छ । आँटेका र थालनी गरिएका अधुरा कार्यहरु पूरा हुनेछन् । व्यापारिक क्षेत्रमा लागेका व्यक्तिलाई सोचेभन्दा बढी फाइदा होला । कुनै अचल सम्पत्ति वा भविष्यमा फाइदा दिने शेयर अथवा कुनै व्यवसायमा लगानी होला । पराक्रम, प्रतिष्ठा, इज्जत बढ्नाले मानसिकरुपमा स्वस्थ एवम् तनावरहित भइनेछ । साताको शुरु आज शनिबार भने रोगव्याधि, विवाद नहोला भन्न सकिन्न ।
धनु
तपाईंका लागि यो साता शुभ फलदायक छ । रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ । शुभ मांगलिक काम होला । व्यापार व्यवसाय वा आफ्नो पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ । आँटेका कार्यहरु सफल हुनेछन् । परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला । शुभ समयले गर्दा मान–सम्मान बढ्ला । तर आइतबार भने समय त्यति राम्रो छैन ।
मकर
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । साताको शुरुमा केही शुभ संकेत देखा परे पनि सोमबारबाट काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ । यो अवधिमा शारीरिक एवम् बौद्धिक कसरत गर्नुपर्ला । बिहीबारबाट भने शुभ फलदायक छ । काममा रुचि जाग्नाले सफलता प्राप्त हुनेछ । सुख–सन्तोष हुनेछ । रोमान्टिक यात्राको सम्भावना देखिन्छ ।
कुम्भ
तपाईंका लागि यो साता उपलब्धिमूलक नै देखिन्छ । विविध वस्तु वा सेवा प्राप्ति होला । कार्य सफल हुनाले मन आनन्दित होला । राजनीतिकर्मीबाट फाइदा लिन सकिने देखिन्छ । स्वस्थता एवम् आनन्दको अनुभूति होला । धेरथोर आर्थिक लाभ पनि हुनसक्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । तर बिहीबार र शुक्रबार भने केही चिन्ता होला । कार्य बाधा, स्वास्थ्यमा गडबड हुनसक्छ ।
मीन
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ । राज्यद्वारा दिइने सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा लागेकाहरुलाई यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरुपमा स्वस्थ भइनेछ । त्यस्तै बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ । तर आज शनिबार भने केही अस्वस्थता र तनाव होला ।

प्रतिक्रिया दिनुहोस्