तालिबान नेता मारिए



काबुल (एजेन्सी)
पाकिस्तानको तालिबान ससस्त्र समुहका नेता छिमेकी अफगानिस्तानको कुनार प्रान्तमा मारिएको अफगान रक्षा मन्त्रालयले जनाएको छ । पाकिस्तानी तालिबान नेता मुल्ला फज्लुल्लाह कुनार प्रान्तको मारावेरा जिल्लाको सिमा क्षेत्रमा अमेरिकासँगको संयुक्त कारवाहीमा मारिएको अफगान रक्षा मन्त्रालयका मोहम्मद रादमनिसले पुष्टि गरेको छ । विहिबार विहान भएको हवाई वारवाहीमा उनी मारिएको उनले थपे । फज्लुल्लाहसँगै अन्य दुई ससस्त्र लडाकु पनि उक्त आक्रमणमा मारिएको प्रवक्ताले जानकारी दिएको छ । तहरिक इ तालिबान पाकिस्तान (टीटीपी)ले आफना नेता मारिएको स्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्