लगानी गर्न चिनिया लगानीकर्तालाई आह्वान



नेपाल समाचारपत्र, काठमाडौं
चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाले रोजगारी सिर्जना, पु“जी वृद्धि, नवीनतम् प्रविधिको विकासमार्फत चीन तथा दक्षिण एसिया क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनु भएको छ ।

१३औं चीन–दक्षिण एसिया व्यवसाय फोरमको बैठकलाई चीनको यूनान प्रान्तको कुनमिङमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष राणाले बीआरआई अभियान दक्षिण एसिया तथा चीनबीचको सम्बन्ध सेतुको रुपमा रही यस क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुने बताउनुभयो । बीआरआईस“ग जोडिएका देशमा खपत हुने वस्तु उत्पादन गर्ने गरी नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्तालाई अध्यक्ष राणाले आग्रह गर्नु भएको छ । चीन तथा दक्षिण एसियाली राष्ट्रस“ग दक्षिण पूर्वी एसिया, मध्य एसिया, युरोप, अफ्रिका र बा“की भूभागबीच सम्पर्क स्थापित गरी यी देशका अर्थतन्त्रलाई जोड्ने शताब्दीकै महत्वपूर्ण आधार हुने विश्वास अध्यक्ष राणाले प्रकट गर्नुभयो ।

 

नेपाललगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यावसायिक नेता, सार्क उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू सहभागी सो फोरमको यस वर्षको प्रमुख विषय सेपिङ फ्यूचर टुगेदर– इण्डष्ट्रियल कोअपरेशन अफ म्युचियल ओपनिङ रहेको छ ।

नेपालको मुख्य प्राथमिकतानै बाह्य मुलुकस“ग प्रभावकारी सम्पर्क स्थापना हो, त्यो भौतिक रुपमा मात्र नभई पछिल्लोपटक उच्च गतिमा अगाडि बढिरहेको सूचनाको राजमार्गमार्फत समेत आफूलाई विश्वस“ग समाहित गर्न, त्यसबाट उच्च लाभ उठाउन नेपाल लालायित रहेको बताउ“दै अध्यक्ष राणाले आर्थिक रुपान्तरणमा बीआरआई महत्वपूर्ण माध्यम हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बोधनको क्रममा अध्यक्ष राणाले भन्नुभयो–‘यस महत्वपूर्ण समारोहमा म चिनिया“ लगानीकर्तालाई चीन तथा बीआरआईस“ग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तु उत्पादन गर्ने गरी नेपालमा लगानी गर्न आग्रह गर्दछु । यसो हुन सकेमा नेपाललाई औद्योगिक क्षेत्रमा चाहेको लगानीमार्फत बाह्य देशस“गको सम्पर्क विस्तारमा समेत सहयोग पुग्दछ ।

््््आपसी लाभका लागि अर्को महत्वपूर्ण उपाय भनेको राष्ट्रबीच भोलिका कर्णधार यूवालाई एकत्रित गरी कार्यक्रम आदान प्रदान, शिक्षा स्वास्थ्य, विज्ञान र प्रविधि, सांस्कृतिक र पर्यटन जस्ता क्षेत्रमा सहकार्य गरी चीन तथा दक्षिण एसियालाई जोड्न सकिने बलियो सम्भावना रहेको अध्यक्ष राणाले बताउनुभएको छ ।

आपसी सहकार्यका माध्यमबाट नया“–नया“ अवसरको सिर्जना गरी यस क्षेत्रका बासिन्दाको जीवस्तर सुधारमा अग्रगामी सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुहु“ंदै अध्यक्ष राणाले यस सन्दर्भमा यस क्षेत्रका राष्ट्रहरुका बजारसम्म सहज पहुं“च पु¥याउन सकियो भने विकास र समृद्धि टाढाको विषय नहुने बताउनु भयो ।

दक्षिण एसिया एक महत्वपूर्ण बजार हु“दाहु“दै पनि विभिन्न कारणले आर्थिक रुपमा आफूलाई सशक्त ढंगबाट अगाडि बढाउन सकेको नेपाली प्रतिनिधिमन्डलले बताएको थियो ।

संयुक्त सहकार्य गर्दै यस क्षेत्रमा रहेको बलियो युवा जनशक्ति र पर्याप्त स्रोतको अधिकतम प्रयोग मार्फत हाम्रा जनताको जीवनस्तर सुधार गर्न ढिलागर्न नहुने अध्यक्ष राणाले भन्नुभयो–‘यसका लागि सिंगो सार्क राष्ट्र तथा चीनसमेत एकजुट भई औद्योगिक विकासमा सहयोग र सहकार्यका माध्यमबाट अगाडि बढ्नुपर्ने खा“चो अम्ल्याउनु भएको थियो ।

कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एसियाली व्यापार मेला उक्त मेलामा नेपालबाट सय वटा स्टलमार्फत् नेपाली वस्तुको प्रदर्शनी भइरहेको छ ।

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया“ परिषद्,युनान उपपरिषद् र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त फोरमको बैठकमा भाग लिन महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल चीनको यूनान प्रान्तमा सहभागी जनाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्