काम सम्पन्न नगर्ने ठेकेदार कारबाहीको सिफारिसमा



सरिता चलाउने, सल्यान
सल्यानमा समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरु कारबाहीको सिफारिसमा परेका छन । काम शुरु गरे देखी लामो समयसम्म पनि काम सम्पन्न नगरेका ठेकेदारहरुको नाम संकलन गरि गृह मन्त्रालयमा पठाईएको हो ।

जिल्लाबाट केन्द्रीय स्तरका काम संचालन गरि रहेका ३७ वटा आयोजना मध्ये समयमा काम सम्पन्न गर्न नसकेका २६ आयोजनाका काममा ठेकेदारले ढिलासुस्ती गरेको पाईए पछि नाम संकलन गरि गृह मन्त्रालयमा पठाईएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

गृह मन्त्रालयको माग अनुसार ढिलासुस्ती गरेको ठेकेदारको सुची पठाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भयो । मन्त्रालयको निर्देशन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउनका लागी नाम संकलन गरेर गृहमा पठाएको उहाँले बताउनु भयो ।

यसरी ढिला सुस्त गर्नेमा जिल्ला प्रशाशनको आप्mनै भवनको ठेकेदार पनि रहेको उहाँले बतानु भयो । आर्थिक वर्ष ०६९।०२।०२ मा सम्झौता भई आर्थिक वर्ष ०७०।०२।०२ मा सम्पन्न गर्नु पर्ने योजनाको काम अझै ७० प्रतिशत मात्र सम्पन्न भएको छ । ठेकेदारको लापरवाहीले गर्दा यो योजना समयमा सम्पन्न हुन नसकेको बताईएको छ ।

‘जिल्ला प्रशासन कार्यालयको दुईवटा भवनको काम गर्ने क्रममा ठेकेदार बिचमा भागेकाले गर्दा काममा ढिलाई भएको हो, उहाँले भन्नु भयो ।’ प्रशासनले दिएको दबाब अनुसार अहिले ठेकेदारले काम गर्दै आएपनि सम्पन्न हुन अझै एक महिना लाग्ने देखिन्छ । काममा ढिलाई गरेका कारण कालो सुचीमा परेका ठेकेदारले २६ लाख भन्दा बढि जरिवाना तिर्न पर्ने भएको छ ।

ठेकेदारले कामलाई निरन्तरता दिएपनि समयमै सम्पन्न गर्न नसक्दा केही ठेकेदार कम्पनीले सरकारलाई जरिवाना समेत तिर्दै आएका छन । ठेकेदारले कामप्रति कमचासो दिई ढिलासुस्ती गरेका कारण स्थानीय प्रशासनले छिटो काम गर्न तिनिहरुलाई ताकेता गरेको छ भने गृह मन्त्रालयमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको सुची पठाएको छ ।

राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तर्गत खलंगा –सिमखर्क–जयतपानी–बालुवासंग्रही सडक निर्माणमा सन्तोषी÷लोहनी जेभी ठेकदार कम्पनीले काममा ढिलाई गरेको जिल्ला प्राबिधिक कार्यालय सल्यानका प्रमुख कृष्ण पण्डितले बताउनु भयो ।

आर्थिक वर्ष ०७२।०६।२१ मा सम्झौता भई आर्थिक वर्ष ०७४।१२।२१ मा सम्पन्न गरि सक्नु पर्ने सडक निर्माण कार्यमा ढिलाई भएको कार्यालयले जनाएको छ । २१ करोड ७४ लाखको सो आयोजनाबाट ३२ किलोमिटर ७ सय मिटर काम गर्नु पर्नेमा ठेकेदारले अहिलेसम्म ६३ प्रतिशत मात्र काम सम्पन्न भएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार ठेकेदारले काम समयमा सम्पन्न नभएका कारण दैनिक ०.०५ का दरले १ लाख ८ हजार जरिवाना तिर्नु पर्ने छ । ‘आयोजनाको म्याद थप भएमा भने ठेकेदार कम्पनीले जरिनावा तिर्न पर्दैन । ठेकेदारले काम गरिरहेकाले म्याद थपका लागि केन्द्रमा पत्र पठाएको उहाँले बताउनुभयो ।

ठेकेदारले काममा गरेको ढिलाईका कारण गर्मिको समयमा यात्रुहरु धु“लोले पुरिने मात्र नभई बर्षातमा हिलो हुने गर्दा आवत जावत गर्न समस्या हुने गरेको छ । छिटो काम गर्न ठेकेदार कम्पनीलाई कार्यालयले निर्देसन दिदै आएको छ ।

यस्तै सल्यानमा संचालित नौ वटा स्वास्थ्यचौकीका भवनमा लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्र, घा“जरीपिपल र हिवल्चा स्वास्थ्य चौकीको काममा ठेकेदारले ढिलासुस्ती गरेको भवन डिभिवन कार्यालय दा¨का प्रमुख राजेन्द्र पाण्डेले बताउनुभएको छ ।

तुलसिपुर देखि सल्यानका बिभिन्न ठाउ“मा संचालित सडक मर्मत, पर्खाल, पुल निर्माणमा ठेकेदारले गरेको बेवास्ताकै कारण ढिलाई भएको सडक बिभाग दा¨का प्रमुख बद्रि प्रसाद शर्माले बताउनुभयो । उहाँले विभिन्न समयमा गरी सल्यानका लागि १७ योजना टेण्डर गरिएको जानकारी गराउनु भयो । उनीहरुले काम गरेपनि तिब्रता दिन नसकेको उहाले दाबी गर्नुभयो ।

सिँचाइ डिभिजन कार्यालय सल्यानले तीन योजना मध्ये थारमारेको सिचाई आयोजना सामान ढुवानीमा हुने समस्याले गर्दा ढिलाई भएको जनाएको छ । कार्यालयले टाटके सिचाई योजना सम्पन्न भइसकेको र अर्को रामपुर ठुलो कुलो सिचाई योजनाको ९५ प्रतिसत काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्