प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी



काठमाडौं (नेस) ।मुल्यवृद्धि विरुद्धको प्रदर्शनका क्रममा पार्टी कार्यालय भित्रै प्रहरी पसेर दमन गरेको भन्दै नेपाली काग्रेसले गम्भिर आपत्ति प्रकट गरेको छ ।

विहिवार सुर्खेतमा प्रहरीले काग्रेस पार्टी कार्यालय भित्र प्रवेश गरि विद्यार्थिहरु माथि धरपकड गरेको भन्दै काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार एक विज्ञप्ती जारी गरि सो घटनाका कडा शब्दमा भर्सना गर्नुभएको हो । ‘निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन’ काग्रेसले भनेको छ– सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो ।

पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएन भन्दै विज्ञप्तीमा भनिएको छ– तर कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ । नेपाली काग्रेसले यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीको कार्यालय अघिल्तिरै प्रदर्शन दिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्