आजको राशिफल



वि.स.२०७५ साल असार ०२ गते । शनिबार । ईश्वी सन् २०१८ जुन १६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि तृतिया ३४ घडी १४ पला,बेलुका ०८ बजेर ५१ मिनेट उप्रान्त चतुर्थि । नक्षत्र पूनर्वशु १९ घडी ०६ पला,दिउसो १२ बजेर ४८ मिनेट उप्रान्त तिष्य । योग ध्रुव ४२ घडि २९ पला,बेलुकी १० बजेर ०९ मिनेट उप्रान्त व्याघात । करण तैतिल,बिहान ८ बजेर ६ मिनेट उप्रान्त गर,बेलुकी ६ बजेर ५१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा छत्र योग । चन्द्रराशि मिथून,बिहान ७ बजेर १३ मिनेट उप्रान्त कर्कट ।
काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोछ । बिशिष्ट योजना कार्यान्वयनमा आफ्नै भन्नेहरुले असहयोग गर्नेछन् । आफन्त तथा आमासँग बिवाद हुने ग्रहयोग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा भने सन्तोष जनक आम्दानि हुनेछ । पढाई लेखाईमा अलि बढि समय दिन सके उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । चल अचल सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । माया प्रेममा सामान्य बिवाद हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ४,५ शुभ दिशा — उत्तर, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मिय मित्र तथा घर परिवारका भावना नबुझ्दा तपाईदेखि टाडिन सक्छन् । तयारि बिनानै महत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिले कार्यक्षेत्र तथा समाजमा कुनै अर्थ नराख्न सक्छ । आलोचना तथा नकारात्मक टिका टिप्पणि गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — पुर्व, शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफ्नैहरुले फसाउँन सक्छन् ध्यान दिनुहोला । काम गर्ने बाहनामा रुपैया पैसा लिएर काम नगर्नेहरुदेखि सजक रहनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुँने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले नया काम सुरु गर्नु उपयुक्त हुनेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — उत्तर, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावासायमा बृद्धि हुनेछ भने आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । तरल पदार्थ तथा खनिज पदार्थको कारोबार फस्टाएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । पढाई लेखाईमा अग्र स्थानमा तपाईमा तपाईको नाम आउनेछ भने प्रतिपष्पर्धि आफै किनारा लाग्नेछन् । मेहनेत तथा लगनशिल भएर काम गर्नाले समाजमा राम्रो मुल्याङकन हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुने हुदा पद प्राप्त हुने योग रहेकोछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ । पैत्रित सम्पतिको प्रयोग तथा परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण, शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्ने योग रहेकोछ । खोज तथा अनुसन्धानमा कुनै नतिजा आफ्नो पक्षमा ल्याउँन प्रयाप्त समय दिनुपर्नेछ । सामाजिक कामहरु आरम्भ गर्दा प्रयाप्त तयारि गर्नुहोला कामहरु समयमा नबन्ने तथा मान सम्मानमा कमि कमजोरि भएको महशुष हुनेछ ।

शुभ अंक — २,९ शुभ दिशा — पुर्व,शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्ने शैली नमिल्नाले पुनह गर्नुपर्नेछ भने समयको ख्याल नगर्दा बिभिन्न अवसरहरु गुम्नेछन् । अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — दक्षिण, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

शुभ अंक — १,४ शुभ दिशा — पश्चिम, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।

शुभ अंक — २,५ शुभ दिशा — दक्षिण, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हँुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ३,६ शुभ दिशा — पहेलो,शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्