रानी पोखरी पुनर्निर्माणको मिति सरेको स¥यै



ईश्वरराज ढकाल
काठमाडौं । रानीपोखरी साउन लागेपछि मात्रै पुनर्निर्माण हुने भएको छ । जेठ १५ गतेबाट शुरु गर्ने तयारी भएपनि प्राबिधिक कारणले साउनको पहिलोहप्ताबाट शुरु हुन लागेको हो ।

काठमाडौ महानगरपालिकाले नक्सा तयार बाँकी रहेकोले अझै केही समय लाग्ने भएको हो । कामपाले पुरातत्व विभागले गएको चैत ६ गते उपलब्ध गराएको नक्सा पुनरावलोकन गरी पुन निर्माण गरिरहेको छ ।

नक्सा र रानीपोखरी सौन्दर्यीकरण गर्न पुरै नक्सा तयार भएपछि मात्रै पुननिर्माण प्रकृया अघि बढाउने तयारी कामपाले गरेको छ । कामपा भौतिक पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले अन्तिम ड्रइङ जिडाइन तयार भैरहेको जानकारी दिनुभयो ।

उहाले भन्नुभयो–अबको दुई साताभित्र ड्रइङ डिजाइन तयार गर्ने छौ, त्यसपछि टेन्डर प्रकृया अघि बढाउने छौ र कामपाले पुनर्निर्माण गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको हो । कामपाले यस अघि वल्र्ड वाइड कँडेल के एण्ड केजी जेभीले करिब ७ करोड रुपियामा टेण्डर पारेर २०७३ वैशाख १० देखि काम शुरु गरेको थियो ।

मल्लकालीन संरचना रहेको रानीपोखरीमा कंक्रिट वाल लगाएर विना अध्ययन रानीपोखरीको निर्माण गर्न थालेको भन्दै स्थानीयले विरोध जनाएका थिए । त्यस लगत्तै कामपाले सो कम्पनीसंग ठेक्का रद्ध गरेको थियो ।

अहिले नया डिजाइन अनुसार काम गर्ने तयारी गरेका छौ–विभागका प्रमुख रामवबहादुर थापाले भन्नुभयो । उहाले अब बन्ने रानीपोखरी पुरातत्व विभाग र विज्ञ समितिले दिएको सुझावको आधारमा मल्लकालीन शैलीमै निर्माण हुने बताउनुभयो ।

कामपाले शान्तिवाटीका क्षेत्र समेत ओगट्नेगरी नक्सा तयार गरेको छ । सबै संरचना पुरातत्व विभागको मापदण्ड अनुसार बन्नेछ, दाचीअप्पा इट्टा प्रयोग गरिने छ , पर्खाल चुना र सुर्कीबाट बन्नेछन्््््््–उहाले भन्नुभयो । कामपाले मल्लकालिन शैलीमा निर्माण गर्न लागेको रानीपोखरीको काम साउनबाट शुरु हुनेछ । करिब १५ करोड रुपियामा नया टेण्डर दिने तयारी कामपाले गरेको छ ।

यस अघि पुनर्निर्माण शुरु गरेको कामपाले लागि रानीपोखरीमा २ करोड ३० लाख रुपैयाँ खर्चेको छ । कंक्रिटको सबै संरचना भत्काउन थालिएको छ । कामपाले रानीपोखरीको मन्दिर बाहेकको काम मात्र गर्ने भएको छ । बीचमा रहेको मन्दीर पुरातत्व विभागले पुननिर्माण गरिरहेको छ ।
विभागले असार मसान्तसम्ममा मन्दिर पुनर्निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले असार महिना भित्र मन्दिर पुनर्निर्माण सम्पन्न भैसक्ने जानकारी दिनुभयो ।

दुई वर्ष अघि कामपाले मन्दिर पुनर्निर्माण शुरु गरेको थियो । विभागले मापदण्ड विपरित पुनर्निर्माण भैरहेको जनाउदै कामपाको ठेक्का खोसेर विभाग आफैले गरेको थियो ।

बहुबर्षीय योजना अनुसार १ करोड ४० लाख रुपियामा मन्दीरको ठेक्का दिएको थियो । विभागले पुननिर्माण शुरु गरेको मन्दिर राणाकालिन शैलीको छ । विज्ञ समितिले मन्दिरको विषयमा थप अध्ययन गरी मल्लकालीन शैलीमै पुननिर्माण गर्न महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिको सिफारिसमा सो मन्दिर गुम्बज शैलीमा पुननिर्माण हुनुपर्ने थियो ।

करिब ६ महिना अघि विष्णुराज कार्कीको संयोजकत्वमा गठित समितिले समितिले पोखरीको पानीको स्थायीत्वको लागि पानीविज्ञको समिति गठन गर्नुपर्ने, तत्काल लागत स्टिमेट गरी पुननिर्माण थालिनुपर्ने, मन्दिर प्रवेश गर्दा बनाइएको पुल भत्काएर पुरानै शैलीमा निर्माण गर्नुपर्ने ,मल्लकालीन अवस्थामा सोह्रहाते गणेश लगायतका अन्य मन्दिर रानीपोखरीको परिसरभित्र परेकोले ती सबै संरचना पोखरीको परिसरभित्र पार्नुपर्ने, वरिपरि निर्माण भएका संरचना तत्काल भत्काउनु पर्ने, पोखरीमा पानी जम्मा गर्न विभिन्न स्थानमा निर्माण गरिएका पुराना धाराहरुको उत्खनन गर्नुपर्ने, प्रताप मल्लको परिवार सहितको सेतो हात्तीलाई पुरानै संरचना अनुसार रंग रोगन र पुननिर्माण गर्नुपर्ने, मौलिक स्वरुप र मन्दिरको संवेदनशीलतालाई ध्यानमा राख्दै वरिपरी फलामको बार हटाएर पुरानै शैलीमा बनाउनुपर्ने लगायतका सुझाव दिएको थियो । सबै सुझावर्क आधारमा नया ढंगले पुननिर्माण गर्ने भएका छौ–विभागीय प्रमुख थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्