कोकका विजेता विश्वकप हेर्न रसिया जाँदै



काठमाडांै, (नेस)
‘कोक खाम् रसिया जाम्’ अभियानका विजेता आज रसिया जाने भएका छन्। कोकाकोलाले आम ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारिदिएको छ। बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा विजेताको बिदाई समारोह आयोजना गरिएको हो। उक्त अभियान अन्तर्गत ४० भाग्यशाली विजेतालाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो। ४० विजेतालाई २ टोलीमा विभाजन गरिएको छ। जसमध्ये २० जनाको टोली पहिलोचरणमा उड्ने भएको छ। विजेताले १६ जुन अर्थात असार २ गते हुने अर्जेन्टिना र आइसल्यान्डबीचको म्याच हेर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्