अर्जेन्टिनामा गर्भपतन वैधानिक हुने संभावना



ब्युनसआयर्स, (एजेन्सी)
क्याथोलिक बाहुल्य अर्जेन्टिनाको संसदको तल्लो सभाले कुनै पनि महिलाले गर्भाधारण गरेको पहिलो चौंध साताभित्र गर्भपतन गराउन पाउने विधेयकलाई कानुन बनाउन विहिवार समर्थन जनाएको छ। यस विधेयक माथि २२ घन्टा भन्दा लामो समय बहश चलेको थियो।

त्यसपछि भएको मतदानमा पक्षमा १ सय २९ विधायक र विपक्षमा १ सय २५ जनाले मतदान गरेका थिए भने एकजना विधायक अनुपस्थित रहेका थिए। यो विधेयक अब सिनेटमा लगिने भएको छ।

राष्ट्रपति माउरिसियो माक्रीले यसको विधेयकको कडम विरोध जनाएका छन्। तर उनले यदि सदनका दुवै सभाबाट पािरत भएको खण्डमा आफुले विशेषाधिकार प्रयोग नगर्ने स्पष्ट पारिसकेका छन्।

वलात्कारको घटना वा गर्भाधारणका ेकारण महिलाको स्वास्थ वा जीवन नै खतरामा पर्ने ठहरिएको अवस्थामा बाहेक अर्जेन्टिना अहिले गर्भपतन प्रतिवन्धित छ। साथै यसरी गर्भपतन गराउन चाहने महिलाहरूले पनि अनुमतिका लागि न्यायधिश समक्ष आवेदन दिनुपर्ने प्रावधान रहेको छ। समिक्षकहरूले यस प्रक्रियालाई अनावश्यक रुपमा गर्भपतन कार्यमा ढिलासुस्ती गर्ने कार्य भनी आलोचना गर्ने गरेका छन्। मतदान शुरू हुनु तीन्घन्टा अघि सम्म यस विधायकको विरुद्ध बहुमत देखिएको थियो। तर ला पाम्पा प्रान्तका एक जना विधायकले आफु र आफ्ना दुईजना साथीले चिार बदलेको जनाएपछि पासा पलटेको थियो।

प्रतिक्रिया दिनुहोस्