किमसँग निजी ट्वाइलेट पनि



सोल, (एजेन्सी)
सिंगापुर शिखर वार्तापछि धेरै कुराहरूको अनुमान र दावीहरू सन्चार माध्यममा आइरहेका छन्। यसबीच एउटा अर्को अनौथो तथ्यको खुलासा भएको छ। त्यो हो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उत्तर कोरियाली नेता किम जोंग उनले आफनो निजी ट्वाइलेट पनि सिंगापुर ल्याएका थिए। दक्षिण कोरिायाली न्युज एजेन्सी द चोसुनिबोको उक्त समाचारमा किम एयर चाइनाको बोइंग ७४७ विमानबाट सिंगापुर पुगेका थिए। त्यो सँगै आइएल–७६ ट्रान्सपोर्ट विमान पनि थिए। जसमा उनका खाना, बुलेटप्रुफ लिमोजिन गाडी र एउटा पोर्टेबल ट्वाइलेट थियो।

उत्तर कोरियाली गार्ड कमान्डमा काम गरिसकेका र सन् २००५ मा दक्षिण कोरियामा भागेका ली यन कियोलले वासिङटन पोस्टलाई भने– सार्वजनिक शौचालयको प्रयोग गर्नु सट्टा, उत्तर कोरियाली नेतासँग एक निजि ट्वाइलेट हुन्छ , जुन उसँगै साथमा हुने गर्छ। यसको कारणका सोध्दा लीले भने– किमको दिसा र पिसाबमा उनको स्वास्थ्यसँग जोेडिएको जानकारी हुन्छ। त्यसैले यसलाई छोड्न सक्दैन। उत्तर कोरियाली नेता जब देशकै कुनै सैन्य अड्डाको वा कारखानको भ्रमणमा हुने गर्छ, त्यसबेला पनि यो ट्वाइलेट उसँगै हुन्छ।

दक्षिण कोरियाली न्युज एजेन्सी डेली एनके अनुसार किमको सवारीमा सधैँ एक गाडी त्यसतो हुन्छ जसमा उनको ट्वाइलेट हुन्छ। सन् २०१५ मा किमको सुरक्षा दलका नजिकको सुत्रले डेली एनकेलाई भनेका थिए– यो रेस्टरुम किमको ट्रेनमा मात्र नभएर उनको सानो गाडीहरूमा पनि हुन्छ , जसमा उनी यात्रा गर्छन्।

प्रतिक्रिया दिनुहोस्