पत्रकारको हत्या



श्रीनगर, (एजेन्सी)
भारत अधिनस्थ काश्मिरका एकजना प्रभाबशाली अखवारका पत्रकार तथा सम्पादक सुजात बुखारीलाई विहिवार श्रीनगरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। विविसि न्युज वेवसाइटमा पनि वाम्वार योगदान गर्ने गरेका बुखारीलाई राइजिंग काश्मिर अखवारको कार्यालय नजिक आक्रमण गरिएको थियो।

उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइँदा मृत घोषित गरिएको थियो। यस घटनामा उनका एक् जना अंग रक्षक पनि मारिएको र अर्को एकजना गम्भीर घाइत ेभएको प्रहरीले विविसिलाई जानकारी गराएको छ। यस हत्याकाण्डको कसैले जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया दिनुहोस्